coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने

काठमाडौं- नेपाल मोटर स्पोर्ट्स क्लबले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप गर्ने भएको छ । पुस १५ हुने हुन लागेको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल मोटर स्पोटर््स क्लबका अध्यक्ष दीपककुमार आचार्यले बताए ।
नेपालमा राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुन लागेको हो । प्रतियोगितालाई मुख्य प्रायोजन  फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेसनलले गरेको छ । प्रतियोगिताका लागि फक्सवागनले प्राविधिक सहयोग गर्नेछ ।
नेपालमा यसअघि टाइम, डिस्टेन, स्पिड टिडिएस शैलीमा मोरट रेस र ¥यालीहरू हुने गरेका थिए ।
प्रतियोगिता काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिकामा रहेको हिमालयन मोटर ल्यान्डमा हुनेछ । प्रतियोगितामा पहिलो हुने खेलाडीले अर्को वर्ष इन्डोनेसियामा हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले बतायो ।  प्रतियोगिताको दौरान फ्रि रेसको पनि आयोजना गरिनेछ ।
प्रतियोगिताले नेपालमा नयाँ खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय स्तरको मोटर रेस प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने फक्सवागनका सिइओ विवेक बिजुक्छेले बताए । प्रतियोगिताले मोटर रेसको विकासमा जनचेतना जगाउन समेत सहयोग गर्ने सिइओ विवेकले बताए ।

 

प्रकाशित: ३ पुस २०७४ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App