सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

सोमबार, ०३ पुष २०७४, ०९ : १६ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं- नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले ताजा जनादेशलाई सम्मान गर्दै सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यादेश पारित भएपछि मात्रै सरकार छाड्ने अडान राखिरहेका बेला वाम गठबन्धनका प्रमुख नेताले भने नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न सामूहिक रूपमा आह्वान गरेका हुन् ।
निर्वाचन परिणाम आइसकेपछि सार्वजनिक भएका कामचलाउ सरकारका अभिव्यक्ति र क्रियाकलाप संविधान, अन्तर्राष्ट्रिय प्रचलन र विगतका अभ्यासविपरीत रहेको आरोप वाम गठबन्धनका नेताहरुको छ । ‘सरकारको यस किसिमको व्यवहारबाट नयाँ सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध हुनुका साथै जनमतको अवमूल्यन तथा अनादरसमेत भएको छ,’ गठबन्धनले भनेको छ, ‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेशअनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्गप्रशस्त गर्न आह्वान गर्दछौं ।’
सरकार गठनका लागि सुविधाजनक बहुमत प्राप्त गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो आह्वान गरेका हुन् । केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै नेताले छिट्टै पार्टी एकीकरण हुने बताए ।
ओली र दाहाल दुवैले राष्ट्रियसभा गठनसम्बन्धी प्रधानमन्त्री देउवाको अडानलाई अस्वीकार गरेका छन् । ‘संविधानमा पनि कहींकतै एकल संक्रमणीय भनेर उल्लेख गरिएको छैन । यो बाध्यकारी छैन तर यो राजनीतिक सहमतिमा भने गर्न सकिन्छ,’ दाहालले भने । दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गराएर जस लिन पाएका प्रधानमन्त्री देउवालाई झिनामसिना कुरामा अड्किई अपजसको भारी बोकेर नबाहिरिन सुझाव दिएका छन् ।
ओलीले राष्ट्रियसभा गठन र सरकार गठनबारे कुनै सम्बन्ध नभएकोसमेत प्रस्ट पारेका छन् । प्रतिनिधिसभाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायत निर्वाचित गर्नेछ, जसका लागि राष्ट्रियसभा नचाहिने तर्क ओलीको छ । ‘प्रदेश र जनप्रतिनिधिले राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने हो, यसमा सरकार गठनको के साइनो छ ?’ ओलीले भने, ‘असंवैधानिक प्रस्तावहरु राष्ट्रपतिले जारी गर्नु हुँदैन र प्रधानमन्त्रीले पनि असंवैधानिक काम गर्न राष्ट्रपतिलाई उक्साउनु हुँदैन ।’
सरकार गठनका लागि कम्तीमा प्रतिनिधिसभाले पूर्णता पाउनुपर्नेमा भने ओलीले सहमति जाहेर गरेका छन् । उनले भने, ‘प्रतिनिधिसभा पूर्ण नभईकन सरकार छाड्नु भनेको होइन, पहिला मत हाल्ने उम्मेदवार त हुनुप¥यो नि । सरकारले जुन अभिव्यक्ति दिइरहेको छ, हामीले त्यसप्रति आपत्ति जनाएका हौं ।’ ओलीले आफू प्रधानमन्त्री भएका बेला बाधाअड्काउ फुकाएर भए पनि सरकार छाडेको स्मरण गरे ।
‘नयाँ सरकार बनेपछि राष्ट्रियसभा गठन हुन्छ, त्यसअघि हुँदैन,’ ओलीले भने, ‘बिएल गरेको छु भन्छन्, संविधानको व्याख्या पोलिटिकल्ली गर्छन्,’ ओलीले व्यंग्य गरे ।
वामपन्थीको सरकार आएमा विदेशी लगानी नआउने जस्ता अभिव्यक्तिप्रति पनि ओलीले आपत्ति जनाए । ‘मुलुकको अर्थतन्त्र बलियो नहोस्, विदेशी पुँजी नआओस् भनेर कथित बुद्धिजीवीहरु देशको अर्थतन्त्रलाई दूरगामी नोक्सान पार्न विष छर्ने काम गरिरहेका छन्,’ ओलीले भने । उनले यी सबै कुराको जबाफ नयाँ सरकार गठनको तीन महिनाभित्र प्राप्त हुनेछ भन्दै प्रतीक्षा गर्न आग्रहसमेत गरे ।

‘खेलको बीचमा नियम घुसाउन पाइँदैन’
राष्ट्रियसभा गठनबारे कांग्रेस सरकारले बहुमतीय प्रणाली भनेर विधेयक तयार पारी लैजाने प्रयास गरेको थियो । एमालेले त्यसमा आपत्ति जनाउँदै एकल संक्रमणीयअनुरुप हुनुपर्ने अडान राख्यो । तर कांग्रेसले एमाले प्रस्तावलाई स्वीकार नगरी बहुमतीयकै अडानमा बस्यो । कांग्रेसले बहुमतीयमा अडान लिनुको कारण माओवादी–कांग्रेसबीच गठबन्धन ‘ब्याकअप’ मा थियो ।
कांग्रेस सरकारमै रहँदाको बखतमा माओवादी–एमाले गठबन्धनमा मिसिन आयो र चुनावी मैदानमा उत्रियो । त्यसपछि आफ्नै पूर्वअडानका कारण कांग्रेस अप्ठ्यारोमा प¥यो । एमालेले भने माओवादीसँग तालमेल भएलगत्तै कांग्रेसले राखेको बहुमतीय प्रस्ताव स्वीकार गरिदियो । जसका कारण संसद्को अन्तिम बैठकको कार्यसूचीमा राखिए तापनि एकल संक्रमणीय प्रणाली पारित हुन नसक्ने देखिएपछि सरकारले त्यसलाई टेबुल नै गराएन । अहिले त्यसलाई अध्यादेशमार्फत राष्ट्रपतिसमक्ष पेस गरिएको छ । त्यहाँबाट प्रमाणीकरण हुन सकेको छैन ।
अहिले एमाले सुरुमा कांग्रेसले राखेको प्रस्तावका पक्षमा उभिएको छ भने कांग्रेस पूर्ववत् अडान छाडेर एकल संक्रमणीयमा झरेको छ । एमाले अध्यक्ष ओलीलाई खेल सुरु भएपछि नियम परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसको आलोचना गरेका छन् । उनले भने, ‘खेल सुरु भएपछि बीचमा नियम परिवर्तन गर्न पाइँदैन, खेल खेल्नुअघि नै नियम बनाइनुपर्छ । हामी खेलअगाडिको नियम मान्छांैं, बीचमा घुसाइएको नियम मान्दैनौं ।’

बुद्धिजीवीमाथि कटाक्ष
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही बुद्धिजीवीहरु भारत र अन्य छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न सक्रिय रहेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले कुनै देशसँग सम्बन्ध नबिग्रने र स्वतन्त्र राष्ट्रका हैसियतमा छिमेकीसहित अन्य देशसँग सम्बन्ध कायम गरिने स्पष्ट पारे । ‘परराष्ट्र–परराष्ट्र भनेर भारतको चर्चा गर्न खोजिएको हो, भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ ? – हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत ल्याएको छ, यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौं । यसप्रति खुसी व्यक्त गर्छौं र मिलेर काम गर्न आतुर छौं ।’
ओलीले भने, ‘अनि कथा बुन्नेहरुका पछाडि किन कुद्ने ? यहाँबाट हामी भनिरहेका छौं, आजको वक्तव्यमा पनि छ— नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै सबै मित्रराष्ट्र, विशेषतः छिमेकी देश र अन्तर्राष्ट्रिय संघसंस्थासँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।’ वाम गठबन्धनको नीति साझा घोषणापत्रमा नै उल्लेख रहेको ओलीले स्पष्ट पारे । उनले भने, ‘ पुँजी पलायन हुन्छ, के हुन्छ ? म स्पष्टसँग भन्न चाहन्छु, तीन महिना हेर्नुस्, फिल गर्नु हुनेछ, अरू सबै बकवास हुन् ।’
भारतसँगको सम्बन्धबारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘तपार्इंहरुले जुन प्रश्न गर्नुभएको छ, यसको जबाफ त भारतले दिइसक्यो, अब के भनिरहनुप¥यो ?’ ओलीले वैदेशिक लगानीबारे मुलुकका केही कथित विद्वान्ले गरेका टिप्पणीप्रति आक्रोश पोखे ।
‘यो देशविरुद्धकै प्रचार हो– वैदेशिक लगानी नआओस्, सेयर बजार डामाडोल होस्, यस्तो कुरा कसैले सोच्नुुहुन्छ ? आफूलाई ‘सो कल्ड’ बुद्धिजीवी ठान्नेहरुले साना स्वार्थ र तुच्छ अहम्का लागि देशलाई दूरगामी असर पर्ने विष छर्ने काम गरेका छन् । यो निराधार छ, म आश्वस्त पार्न चाहन्छु ।’
अन्नपूर्ण होटेलको कुमारी हलमा आयोजित पत्रकार सम्मेलनमा नेताद्वयका साथै झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत थिए ।






यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

Ncell Footer Ad