८ वैशाख २०८१ शनिबार
राजनीति

समानुपातिकमा बदर बढी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।
प्रतिनिधिसभामा १ लाख ५६ हजार ६ सय ३३ मत खसेकोमा ११ हजार ५ सय ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै समानुपातिकतर्फ १ लाख ५५ हजार ४ सय ४० मत खसेकोमा १७ हजार ५० मत बदर भएको छ । समानुपातिकतर्फ आफ्नो दललाई मात्र भोट दिनुपर्नेमा मतदाताले लोकतान्त्रिक र वाम गठबन्धनका दुइवटै चिह्नमा मत दिँदा बढी बदर भएको पाइएको हो । प्रत्यक्षमा भने एकै मतपत्रमा धेरै स्वस्तिक छाप लगाउँदा मत काम नलाग्ने भएको भेटिएको थियो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा ६ दशमलब ९२ प्रतिशत मत बदर भएको छ । यहाँ ७८ हजार ६ सय ९६ मत खसेकोमा  ५ हजार ४ सय ४८ मत बदर भयो । त्यस्तै क्षेत्र नं। २ मा मात्र झन्डै साढे ८ प्रतिशत अर्थात् ६ हजार १ सय ४ मत बदर भएको छ । यहाँ ७७ हजार ९ सय ३७ मत खसेको थियो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ क्षेत्र नं। १ मा ७७ हजार ९ सय ३८ मत खसेकोमा १० दशमलब ७८ प्रतिशत मत बदर भयो । बदर मतसंख्या ८ हजार ४ सय ४ हुन आउँछ । क्षेत्र नं। २ मा सबैभन्दा बढी ११ दशमलव १४ प्रतिशत मत बदर भएको पाइयो । ७७ हजार ७ सय २० मत खस्दा ८ हजार ६ सय ६४ मत बदर भइ ६९ हजार ५६ मत मात्र सदर भयो ।

प्रकाशित: ३ पुस २०७४ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App