६ वैशाख २०८१ बिहीबार
राजनीति

भारतसँग सुमधुर सम्बन्ध राख्न कटिबद्ध छौँ : केपी ओली (भिडियो)

भिडियाे ः प्रबिन काेइराला

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्। आइतबार काठमाडौंमा वाम गठबन्धनले गरेको संयुक्त प्रेस सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै ओली आफूहरू भारतसँगको सुमधुर सम्बन्ध कामय राख्न आफूहरू कटिबद्ध भएको बताएका हुन्। 

उनले भारतले आधिकारिक वक्तव्यमा नै अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौँ भनेको र आफूलाई बुद्धिजिवी ठान्नेहरूले साना स्वार्थका लागि देशविरुद्ध प्रचार गरेको बताए। उनले यस्ता बुद्धिजिवीको भ्रामक कथाका पछाडि नकुन्द नेपाली जनतालाई आग्रह समेत गरे। 

‘नेपालको संविधानद्वारा निर्देशिन स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्रराष्ट्र, विशेषतः छिमेकी देशहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सुमधुर सम्बन्ध कायम राख्न कटिबद्ध छौँ,  साझा घोषणपत्रमा स्मरण गर्दै उनले भने  ‘म स्पष्टसँग भन्न चाहन्छु, तीन महिना हेर्नुस्, फिल गर्नु हुनेछ, सबै बकवास हो, कुनै आधार रहेनछ।’

साथै उनले निर्वाचन पछि काम चलाउ भएको सरकारले दूरगामी महत्वका काम गर्न खोजेकोमा आपत्ति जनाए। 'सरकारका अभिव्याक्ति, प्रधानमन्त्रीका गतिविधि उहाँले गरेका परामर्श नामका गतिविधिमा हाम्रो ध्यान गएको छु, उनले भने।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा वाम गठबन्धनका शीर्ष नेताको उपस्थिति रहेको कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले वाम गठबन्धनले संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्य पढेर सुनाएका थिए।

 

प्रकाशित: २ पुस २०७४ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App