coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करिडोरबाट हराएका युवक मृत भेटिए

पाल्पा – कालिगण्डकी करिडोरमा स्काभेटर सहित बेपत्ता सहचालक मृत अवस्थामा भेटिएका छन् । बगनाशकाली–६, खहरेमा स्काभेटरसहित पुरिएका थलारा गाउँपालिका–३, पालाकाट्ने, बझाङ्गका २१ वर्षीय सुनिलकुमार सिंह मृत भेटिएका हुन् ।
मंसिर २९ गते रोकिराखेको बा १ क ८१९४ नम्बरको स्काभेटरमा पहिरो खसेको थियो । पहिरो स्काभेटरसहित सहचालक सुनिलकुमार सिंह बेपत्ता थिए । ३० घण्टा पछि करिडोरबाट झण्डै दुई सय मिटर तल झरेको स्काभेटरभित्र आईतबार दिउँसो १ बजे सिंह मृत भेटिएका हुन् । उनको मृत शरीर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।
सुनिलकुमारका काका महेन्द्र सिंहले छोराको मृत्युसँगै परिवनर बिचल्लीमा परेको बताएका छन् । ‘लाईसेन्स लिने तयारीमा रहेको छोरो गुमायौैं । एक्लो छोरो गुमेपछि आमाबुबाको होस गुमेको छ । उनीहरुलाई धनगढी अस्पतालमा उपचारका लागि पठाईएको छ । घरपरिवार चलाउने कोही छैन,’उनले भने ।

प्रकाशित: २ पुस २०७४ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App