७ वैशाख २०८१ शुक्रबार
राजनीति

अध्यादेशबारे ओलीको टिप्पणी : खेलको बीचमा नियम परिवर्तन गर्न पाइँदैन

पत्रकार सम्मेलनमा एमाले तथा माओवादी नेताहरु। तस्विरः केशव थोकर

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा गठनको अध्यादेशबारे कडा प्रतिक्रिया दिएका छन्। उनले असंवैधानिक रुपमा सरकारले राष्ट्रपतिमाथि अध्यादेश ल्याउन दवाब बढाएको पनि आरोप लगाएका छन्।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्ने ? बल हान्न लाग्यो। किप्परले समाउन नसक्ने अवस्थामा बल हान्न नपाउने भन्ने ?’ खेल चलिरहेको अवस्थामा बीचैमा नियम परिवर्तन हुन नसक्ने उनले बताए। राजनीतिक खेलका नियम र अाचारसंहिता पालना गर्न उनले सरकारलाई अाग्रह गरे।

‘सरकार संविधान, कानून वा नैतिक मूल्य मान्यताअनुसार हुनुपर्छ कि पर्दैन?’, अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रपतिलाई दवाब दिनु हुँदैन। उक्साउने काम गर्नु हुँदैन। त्यसो गर्न मिल्दैन।’

नितान्त काम चलाउको अवस्थामा पुगिसकेको सरकारले दुनियाँमा कहीँ पनि महत्वपूर्ण निर्णय नगर्ने उनको भनाइ थियो।

प्रकाशित: २ पुस २०७४ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App