८ वैशाख २०८१ शनिबार
राजनीति

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

वाम गठवन्धनको पत्रकार सम्मेलन। तस्बिर: केशव थोकर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा भएको समयमा पनि सरकारले विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाए। ' सरकारका अभिव्याक्ति, प्रधानमन्त्रीका गतिविधि उहाँले गरेका परामर्श नामका गतिविधिमा हाम्रो ध्यान गएको छ', ओलीले भने।

निर्वाचन आयोगले समानुपातिक निर्वाचनको मत सार्वजनिक गरेपछि  प्रक्रिया अघि बढ्ने ओलीले बताए। कामचलाउ सरकारले दुरगामी महत्वका काम गर्न खोजेको भन्दै ति काम संवैधानिक नहुने र राजनीतिक पनि नहुने बताए।

प्रकाशित: २ पुस २०७४ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App