काठमाडाै– नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ ।
आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३–३ विकेट लिए । यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि नारायण जोशीले नटआउट ४६, सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे । सिंगापुरका इशान सानवेले २ विकेट लिए । नेपाल प्रतियोगितामा अपराजित हुँदै ५ वटै खेल जितेर उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।
प्रकाशित: २ पुस २०७४ ०९:४१ आइतबार