coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

काठमाडौं— मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट बा.८८ प ५२७१ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरीबारे प्रहरीमा जाहेरी परेको थियो।

प्रहरी चौकी .भिमढुंगाबाट खटिएको टोलीले उक्त मोटरसाइकल चलाई आइरहेको अवस्थामा शनिबार वाईवालाई फेला पारी पक्राउ गरेको हो। चाेरीको मोटरसाइकलमा सवार वाइबासँगै बा.६८ प ६७४२ नम्बरको पल्सर मोटरसाइकलमा थप २ जना थिए। प्रहरी देख्नासाथ उनीहरु मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित: २ पुस २०७४ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App