८ वैशाख २०८१ शनिबार
राजनीति

ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतवार अपरान्ह संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र सरकार गठनका विषयमा अनेक टिप्पणी हुन थालेपछि त्यसको आधिकारिक धारणा सार्वजनिक गर्न वाम गठबन्धनका दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काठमाडौंस्थित अन्नपूर्ण होटलमा आइतवार दिउँसो तीन बजे पत्रकार सम्मेलन गरी दुवै नेताले चुनाव अघिकै मार्गचित्रमा अडिग रहेको सन्देश दिनेछन् ।

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जारी नहुनु र त्यसैलाई देखाएर निर्वाचनका अन्य प्रक्रिया थाँती रहँदा दुवै नेताले यस बारेमा पनि धारणा सार्वजनिक गर्नेछन् । 

प्रकाशित: २ पुस २०७४ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App