७ वैशाख २०८१ शुक्रबार
समाज

जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

कपिलवस्तु- कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो । 

पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।

प्रकाशित: २ पुस २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App