१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इपीएलमा सिटीको अपराजित यात्रा कायमै

 इङल्याण्ड- इङ्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले लिगमा १४ अंकको स्पष्ट अग्रता कायम गरेको छ। लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सिटीले टोट्नह्यामलाई ४-१ ले पराजित गरसँगै लिगमा अग्रता लम्ब्याएको हो।

योसँगै सिटीले लगातार १६औं जितको कीर्तिमानसमेत बनाएको छ। सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा इके गुन्डोगान र केभिन डे ब्रायनले १÷१ गोल गरेका थिए। पराजित टोली टोटनह्यामका लागि क्रिश्चियन एरिक्सनले एक गोल फर्काएका थिए। जितसँगै सिटीको १८ खेलबाट ५२ अंक भएको छ। दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको ३८ अंक छ। युनाइटेडले सिटीभन्दा १ खेल कम खेलेको छ। 

राति नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको छ। चेल्सीको जितमा एकमात्र निर्णयक गोल अलन्सोले गरेका थिए। जितपछि चेल्सी ३८ अंकसहित तेस्रो स्थानमा यथावत छ।

त्यस्तै आर्सनलले पनि न्यूकासल युनाइटेडमाथि १–० कै जित निकाल्यो। आर्सनलको जितमा मेसुट ओजीलले गोल गरेका थिए। लिगकै अन्य खेलमाहरुमा क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई ३–०, वेष्ट ह्याम युनाइटेडले स्टोक सिटीलाई समान ३–० तथा हडल्फिड टाउनले वाट्फोर्डलाई ४–१ ले पराजित गर्यो । यसैगरी बर्नले र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन्।
 

आज दुई खेल हुँदै 
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति पनि २ खेल हुँदैछन्। जसमा म्यानचेष्टर युनाइटेडले वेष्टब्रोम तथा लिभरपुलले बर्नमाउथको सामना गर्दैछ। दोस्रो स्थानमा रहेको युनाइटेड आजको खेल्दै जिल्दै शीर्ष स्थानको सिटीसँगको अग्रता घटाउन योजनामा रहनेछ। 

प्रकाशित: २ पुस २०७४ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App