६ वैशाख २०८१ बिहीबार
अर्थ

वन क्षेत्रमा पर्ने खोलामा स्काभेटर

सेउतीमा स्काभेटर लगाएर उत्खनन गरिँदै ।

धरान–जिल्ला समन्वय समिति (जिसस) सुनसरीले स्काभेटर प्रयोग गरी सेउती खोलाबाट मिक्सगिटी झिक्न ठेक्का लगाएकोप्रति स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन् । उनीहरुले जथाभावी मिक्सगिटी झिक्दा बर्खाको समयमा वन क्षेत्र र मानव वस्तीलाई पनि ठूलो क्षति पुग्ने भन्दै विरोध गरेका हुन् । 
जिससबाट खोला ठेक्का पाएको ठेकेदारले धरानको सेउती खोलामा स्काभेटर प्रयोग गरी धमाधम मिक्सगिटी झिक्न थालेपछि सम्बन्धित वडाका जनप्रतिनिधिले विरोध जनाएका हुन् । सरोकारवाला स्थानीय तहसँग समन्वय नगरी खोला ठेक्का लगाएपछि ठेकेदारले स्काभेटर प्रयोग गरी मिक्सगिटी झिक्दा वन क्षेत्र र बस्ती सधैं जोखिममा पर्ने उनीहरुले बताए । 
शनिबार धरानको वडा नं ५ र १५ का वडाअध्यक्षले संयुक्त पत्रकार सम्मेलन गर्दै बस्ती जोखिममा पार्नेगरी स्काभेटर तत्काल रोक्न माग गरेका छन् । वडा १५ का अध्यक्ष नरेश इवारमले करिब अढाई महिनाअघि सम्बन्धिन वडाअध्यक्ष, वन समुह, वन कार्यालयसहितको बैठकले खोला ठेक्का लगाएपनि स्काभेटर हाल्न नदिने भनि गरेको सहमति कमिशन र पहुचको खेलले पालना नभएको बताए । ‘खोला ठेक्का लगाएको हो भने पनि स्काभेटरले धेरै क्षति पुग्छ भनेर स्काभेटर हाल्न नदिने सहमति गरेका थियौं, तर शक्ति पहुच र पैसाको खेलले माथि नै सेटिङ भएर जर्बजस्ती लगाइएको छ,’अध्यक्ष इवारमले भने ।
खोलामा स्काभेटर प्रयोग गर्दा कसिलो माटोको भाग खुकुलो बन्ने र बर्खाको बेला आउने बाढीले जथाभावी कटान गरेर वस्ती र वन क्षेत्रलाई ठूलो क्षति पुग्ने वडाअध्यक्षहरुको भनाइ छ । वडा ५ का अध्यक्ष सन्तोष लिम्बूले पनि वडा ५ र १५ को बीच भएर बग्ने खोलामा जबर्जस्ती मिक्सगिटी झिक्दा बर्खामा क्षति पुगेर वडाबासीहरु पीडित हुने गरेको बताए । विकासका लागि आफूहरुले मिक्सगिटी झिक्दा वन कार्यालय र प्रहरीले रोक्ने गरेपनि अहिले स्काभेटर चलाउँदा भने कसैले नदेखेभैmँ गरेको आरोप लगाए । जिससले यो आर्थिक वर्षका लागि पाथीभारा निर्माण सेवालाई जिल्लास्थित खोलाहरु ठेक्का दिएको छ । पाथीभाराले जेठ मसान्तसम्मको लागि तीन करोड ९६ लाख ६३ हजार रुपैयाँमा ठेक्का पाएको छ । विगतका वर्षमा पनि जिविसले ठेक्का लगाएपछि ठेकेदारले स्काभेटर लगाउँदा वन उपभोक्ता समूहले विरोध गर्ने गर्थे । 
पाथीभाराका अर्जुनसिंह भण्डारीले भने आफूहरुले नियम प्रक्रिया पु¥याएर प्रतिस्पर्धाबाट ठेक्का लिएकाले मिक्सगिटी झिकेको बताए । उनले प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनअनुसार मेसिनरी प्रयोग गर्न सकिने भएकाले मार्किङ गरेर मापदण्डअनुसार नै मिक्सगिटी झिकेको जिकिर गरे । वडाअध्यक्षले विरोध गरेको विषयमा वडा ५ का अध्यक्ष लिम्बूले बाटोका लागि भन्दै निःशुल्क ३०–३५ ट्रिपर मिक्सगिटी लगिसकेकाले थाहा छैन भन्नु गलत भएको बताए । ‘सन्तोष जीको दुईवटा ट्रिपरले सार्वजनिक कामका लागि भन्दै मिक्सगिटी लगिसकेको छ । अहिले थाहै दिएन भनेर भन्नु गलत हो,’ ठेकेदार भण्डारीले भने, ‘अरुको गाडी लाइनमा हुँदा पनि सन्तोष जीको गाडीलाई सुरुमा दिनुपथ्र्यो । पोहोर पनि दिएकै हो, हामीसँग रेडर्क नै छ । अहिले किन विरोध गरेको थाहा छैन ।’ वडा ५ का अध्यक्ष लिम्बू यसअघि पटक पटक खोलाबाट ढुंगागिटी निकालेर बिक्री गरेको विषयमा विवादमा फस्दै आएका थिए । 
सुनसरीका जिल्ला समन्वय अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रक्रिया पु¥याएर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएको बताए । ठेक्कावापतको राजस्व स्थानीय विकास मन्त्रालयले कार्यविधि बनाएपछि सबै सम्बन्धित स्थानीय तहलाई नै पठाउने उनले बताए । ‘आइइई प्रतिवेदनमा मेसिनरी प्रयोग गर्न सकिने भन्ने छ, त्यसैअनुसार नियम प्रक्रिया पु¥याएर नै ठेक्का लगाइएको हो । जिल्लामा विकास निर्माणका काम भइरहेकाले पनि ठेक्का लगाउनुपर्ने बाध्यता छ,’ श्रेष्ठले भने ।


 

प्रकाशित: २ पुस २०७४ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App