७ वैशाख २०८१ शुक्रबार
कला

दुईलाई नारायणगोपाल संगीत

काठमाडौँ–उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इटु जोजिजुलाई  यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषले दुवैलाई उक्त पुरस्कार दिन लागेको हो ।
पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा गत शुक्रबार सम्पन्न बैठकले ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय पनि गरेको छ ।
अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा शुक्रबार नै बसेको बैठकले ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले वर्षेनी नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ । 

 

प्रकाशित: २ पुस २०७४ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App