४ वैशाख २०८१ मंगलबार
कला

बिकिनी गर्लसँग रोमियो

काठमाडौं–नेपाली फिल्ममा प्रचारप्रसारको शैली बद्लिँदै गएको छ । प्रचारप्रसारको माध्यममार्फत आम दर्शकसँगै मिडियाको नजरमा पर्न कलाकार, निर्माता र निर्देशक अनेक किसिमका नयाँ फण्डा अपनाउँछन् । कोहीले बडीगार्डको फन्डा अपनाउँछन् त कोहीले कार्यक्रमस्थलमै नायिकालाई प्रेम प्रस्तावको शैलीमा फूल दिएर मिडिया र दर्शकलाई आफूप्रति आकर्षित गर्छन् । 
तर बिहीबार राजधानीमा आयोजना गरिएको एक फिल्मको गीत सार्वजनिक कार्यक्रममा भने दुर्लभ दृश्य देखियो । आगामी फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ गीत सार्वजनिक कार्यक्रममा नायक तथा निर्मात्रा विनय श्रेष्ठ दुई विकिनी गर्लसँग उपस्थित हुँदा सञ्चारकर्मीको ध्यान विनय भन्दा पनि विकिनी गर्लतिर आकर्षित भयो ।
फिल्ममा रहेको ‘स्याण्डविच’ बोलको गीतको दृश्यमा पनि फिल्ममा रोमियो बनेका विनय विदेशी विकिनी गर्लहरुसँग रमाइरहेको देख्न सकिन्छ । सम्भवत गीतको यही दृश्यलाई देखाउनकै लागि उनी कार्यक्रमस्थलमा पनि दुई मोडलसँग उपस्थित भएका थिए । गीतमा गौरव डगोन्करको संगीत, अर्ल युआरएलको शब्द तथा स्वर छ । गीतमा प्रकाश सिंहको कोरियोग्राफी छ ।
फिल्म ‘डाइङ क्यान्डल’ निर्देशक नरेशकुमार केसी निर्देशित फिल्ममा विनय ‘रोमियो’ र नायिका सृष्टि श्रेष्ठ ‘मुना’को भूमिकामा छिन् । उनीहरुबाहेक सुष्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तलाई पनि फिल्ममा हेर्न सकिन्छ ।
भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुति रहेको फिल्म विनय, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको लगानी छ । फिल्मको पटकथा निर्देशक केसीकै हो भने संवादमा निर्देशकलाई निरोज महर्जनले सघाएका छन् । 
कार्यक्रममा गीतसँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको थियो । बैंकर अनिल शाह र फिल्मको टिमले फष्टलुक सार्वजनिक गरेका थिए ।

 

प्रकाशित: २ पुस २०७४ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App