७ वैशाख २०८१ शुक्रबार
कला

आउँदै ‘म त परदेशी’

काठमाडौं–वैदेशिक रोजगारीलाई प्रमुख कथा बनाएर फिल्म निर्माण गर्ने चलन पछिल्लो समयमा बढ्दै गएको छ । यस्तै कथामा निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ ।
पुस १४ गतेबाट रिलिज हुन लागेको फिल्मले रोजगारीको लागि अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक देव नेपालले देश तथा विदेशका विभिन्न शहरमा फिल्मको विशेष प्रदर्शनपछि नेपालमा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको बताए ।
फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नीलगायतका कलाकार को अभिनय छ ।  दुर्गाबहादुर खड्का र भुवन शर्मा कँडेलले निर्माण गरेको फिल्ममा पुस्कर सुनुवारको संगीत र मरुभूमि नारायण र राजेन्द्रकुमार थापाको छायांकन छ ।

 

प्रकाशित: २ पुस २०७४ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App