coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

एम्बसडर राष्ट्रिय तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं–नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले आठौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन् । 
नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जिते । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन् । सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते । ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी शिवानी श्रेष्ठलाई स्तब्ध बनाइन् । सो तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलेले कांस्य जिते ।
त्यस्तै महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन् । सोही समूहमा एपिएफकी संगीता श्रेष्ठ र आर्मीकी कुसमनी चौधरीले कांस्य पदक जिते । ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मिता खड्कालाई हराउँदै स्वर्ण जित्न सफल भइन् । सो तौलमा आर्मीकी कल्पना चौधरी र विनिका जोशीले तेस्रो स्थान हात पारे । ५३ केजीमा पुलिसकी निमा गुरुङले ललितपुरकी दीक्षा कार्कीलाई हराउँदै स्वर्ण जित्दा आर्मीकी मुस्कान र नुवाकोटकी सविता पुडासैनीले कांस्य जिते ।
महिलातर्पm ५७ केजी तौलमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधरलाई हराउँदै स्वर्ण जितिन् । सो तौलमा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता विष्टले कांस्य  जिते । ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । उक्त तौलमा  आर्मीकी पूजन विष्ट र ललितपुरकी दीपिका नगरकोटीले कांस्य हात पारे । सिनियर पुरुषको ५४ केजी तौलको सेमिफाइनलमा पुलिसका मनोज मल्लले आर्मीका विकास राईलाई तथा एपिएफका चन्द्र रानामगरले मकवानपुरका विवेक माझीलाई हराउँदै स्वर्ण पदकका लागि यात्रा तय गरेका छन् । 
जुनियर पुरुषतर्फ ४२ केजीमा सीतापाइलका विधान श्रेष्ठ र कोटेश्वरका श्रीकृष्ण कार्की, ४५ केजीमा युनाइटेडका पूजन खड्का र कोटेश्वरका दिनेशबहादुर साउद तथा ४८ केजीमा ललितपुरका साहिल थापामगर र दिलीप स्मृतिका शिव श्रेष्ठले अन्तिम चारको यात्रा तय गरेका छन् । ५९ केजीमा ब्रेनल्यान्डका सुरज सिन्तान र दिलीप स्मृतिका कपिल थापाले फाइनलमा प्रतिस्पधा गर्नेछन् ।

 

प्रकाशित: २ पुस २०७४ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App