७ वैशाख २०८१ शुक्रबार
खेल

महिला टोलीको फाइनल लक्ष्य

काठमाडौं– साफ यु–१५ महिला फुटबलको फाइनल खेल्ने लक्ष्यका साथ बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले आइतबार (आज) आयोजक बंगलादेशविरुद्ध खेल्दै छ । आइतबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा बंगलादेशविरुद्ध खेल्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले आफ्नो टोलीको रक्षापंक्ति राम्रो भएकाले फाइनल यात्रा तय गर्ने बताइन् ।
मंगलबार हुने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसको एक दिनपछि समूह चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले पुस ९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
नेपालकी कप्तान प्रीति राईले टोलीमा सबै खेलाडीबीच राम्रो समन्वय भएकाले सहज जित निकाल्ने विश्वास व्यक्त गरिन् । उनले टोलीको रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्ति तीनै पक्ष राम्रो भएको बताइन् । कप्तान प्रीतिले थपिन्, ‘पहिलो पटक अन्तर्राष्टिय प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको छ । हामी यो अवसरलाई भरपूर सदुपयोग गर्नेछौं ।’
नेपाली टोली ः प्रीति राई (कप्तान), रिया बानु, करिना धिमाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, खुस्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सविता रानामगर, सुष्मा जिटी, अञ्जली चन्द, अस्मिता रनपाल, निकिता धिमाल, सुप्रिया रजक, अस्मिता गुरुङ, झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङ ।

 

प्रकाशित: २ पुस २०७४ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App