coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरपालिकामा ‘पूरानो फोहोर हटाउ’ अभियान

खोटाङ– ‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले ‘पुरानो फोहोर हटाउ’ अभियान चलाउने तयारी गरेको छ। १५ वडा रहेको नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानमा वर्षौदेखि थुप्रिएको पुरानो फोहोर बाधककारुपमा देखिएपछि रुपाकोट मझुवानगरपालिकाले पुरानो फोहोर हटाउनका लागि सप्ताहव्यापी सरसफाई अभियानको घोषणा गरेको छ। पुरानो फोहोरलाई हटाएर सरसफाईका नियमित कामलाई निरन्तररुपमा सञ्चालनका लागि पुस ५ गतेदेखि एक हप्तासम्म सरसफाई अभियान चलाइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिसँगको सम्झौता अनुसा दिक्तेलबजारका घर, पसल तथा होटलबाट निस्कने फोहोरमैला व्यवस्थापनको काम थालिए पनि पुरानो फोहोरमैला यथायवत रहेकाले नगरपालिकाले स्थानीय संघसंस्था, उद्योगी, व्यवसायी, शिक्षण संस्था लगायतको सहयोगमा पुरानो फोहोर हटाउन अभियान चलाउन लागेको हो । पुरानो फोहोर हटाउनका लागि शनिबार नगरपालिकाले नगरबासीसँग छलफल चलाएर सुझाव संकलन गरेको छ । ‘हामीले कन्ट्रयाक्टरमार्फत फोहोरमैला संकलनका काम थाल्यौँ, तर कन्ट्रयाक्टर पुरानो फोहोर उठाउन बाध्य हुन्न रहेछ,’ मेयर रिजालले भने, ‘वर्षौँदेखि थुप्रिएका पुरानो फोहोर नहटाएसम्म नगरलाई सफा र सुन्दर बनाउन सकिने स्थिति छैन । त्यही भएर पुरानो फोहोर व्यवस्थापनको काम अघि सारिएको हो।’

पुरानो फोहोर ल्याण्डफिलसाईटमा लगेर फालिए पछि दैनिकजसो निस्कने फोहोरमैला कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिले व्यवस्थापनका काम गर्ने नगरपालिकाले जनाएको छ । व्यक्तीगत, घर, सार्वजनिकस्थल लगायतको सौन्दर्यका लागि सरसफाई संस्कृतिको बिकास गर्दै पाँच वर्षभित्र नगरपालिकालाई सरसफाईयुक्त बनाउने नगरपालिकाको योजना छ । पुरानो फोहोर हटाउनका लागि नगरपालिकाले ल्याएको अभियानमा उत्साहित व्यवसायी, शिक्षण संस्था, स्थानीय लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नगरपालिकालाई पूर्णसरसफाईयुक्त घोषणाका लागि पुस ५ गतेदेखि हप्ता दिनसम्म दिक्तेलबजारका जयपुरेडाँडा लगायतका स्थानमा थुप्रिएका फोहोरमैला अभियानकारुपमा हटाइने छ । हप्ता दिनको समय अपुग भए केही दिन समय थप हुने मेयर रिजालले बताए। बजार क्षेत्रमा जथाभाबी मिल्काइएका फोहोरमैलाले दुर्गन्ध फैलाएको र बजारको सुन्दरता बिगारेको भन्दै गत साउन तेश्रो सातादेखि कन्ट्रयाक्टरमार्फत फोहोर उठाउन थालिएको थियो । पूरानो फोहोरमैला हटाइसकिए पछि दैनिकजसो निस्कने फोहोरमैला व्यवस्थापनका काम भने निरन्तर हुने रिजालले बताए । नियमित सरसफाई अभियान नगरपालिकाका १५ वटै वडामा लागू हुने छ । ‘पूरानो फोहोरमैला हटाउनका लागि सप्ताहव्यापी कार्यक्रम गरिन्छ,’ रिजालले भने, ‘दैनिकजसो निस्कने फोहोर हटाउने काम भने नियमितरुपमा चलिरहने छ । पाँच वर्षभित्र नगरलाई पूर्णसरसफाईयुक्त नगर बनाउने छौँ ।’

प्रकाशित: १ पुस २०७४ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App