सुरुङ्गा – यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित वितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन्।
गत वर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही मारमा परेका हुन्। दिनप्रति दिन सवारीसाधन खरिद बिक्री भए पनि सवारी चालक अनुमति पत्र यातायात व्यवस्था कार्यालय मेचीले वितरण नगर्दा हजारौं सर्वसाधारण लाइसेन्सबिना नै सवारी चलाउन बाध्य छन्।
यातायात व्यवस्था कार्यालयले दिनहुँ सवारीसाधन अनुमतिपत्रको आवेदन लिने, सवारी चालक अनुमतिपत्र वितरण गर्नुपर्ने, नवीकरण गर्नुपर्ने नियम भए पनि गत वर्षको जेठयता ‘लाइसेन्स’ वितरणका लागि आवेदन नगर्दा सेवाग्राही मारमा परेको समाजसेवी देवी गिरीले बताए।
गिरी मात्र होइन झापाका अधिकांश सर्वसाधारणले अन्य सरकारी कार्यालयले जस्तै नियमित यातायात कार्यालयले पनि सेवाग्राहीलाई सेवा दिनुपर्ने माग गरेका छन्। यातायात कार्यालयले समयमा सवारी चालक अनुमपति पत्र ‘लाइसेन्स’ वितरण नगर्दा झापासहित पूर्वका सडकमा हजारौं सवारी चालकले ‘लाइसेन्स’ बिना नै सवारी गुडाउने गरेका छन्।
यातायात व्यवस्था कार्यालयले वर्षमा एक दुई पटक मात्र सवारी चालक अनुमति पत्र वितरणका लागि आवेदन माग गर्दा ५० हजार बढीले आवेदन गर्ने गरेका छन्। यातायात व्यवस्था कार्यालय मेचीका सूचना अधिकारी टंकबहादुर कार्कीले जनशक्ति अभावमा नियमित रुपमा ‘लाइसेन्स’को आवेदन खुल्ला गर्न नसकिएको बताएका छन्।
‘लाइसेन्स’ बिना दिनहुँ गुड्ने सवारी कारबाहीमा पर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चार महिनामा मात्रै एक रु करोड १९ लाख ७२ हजार राजश्व संकलन गरेको छ। जसमा लाइसेन्स नबोक्ने रु २० हजार ४५० सवारी चालक कारबाहीमा परेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत