८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

याङ्गुन  म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ। 

गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना सर्वसाधारण नागरिक मारिएको एक प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो।
 
म्यानमारमा यहाँको सेनाले रोहिङ्ग्याविरुद्ध गरिएको एक ठूलो ज्यादतिका रुपमा यसलाई लिइएको थियो। म्यान्माली सेनाले यस क्रममा बालबालिकाको पनि हत्या गरेको सो प्रतिवेदनमा सार्वजनिक गरेको छ। 

यसअघि संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भनेजस्तैगरी म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा जातीय सफाया भएको भन्ने भनाइको यस प्रतिवेदनले पुष्टी गरेको छ । तर म्यानमारले भने यो स्वीकार गरेको छैन। 

शुक्रबार म्यानमारको सेनाले उक्त प्रतिवेदनको खण्डन गर्दै त्यस्तो कुनै ज्यादति सेनाको तर्फबाट नभएको र यसका कारण नागरिकमा त्रास पैmलाइएको भन्ने भनाई सत्य नरहेको बताएको छ। 

बिहीबार डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले रोहिङ्ग्या शरणार्थीका बारेमा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। 

सो प्रतिवेदनमा कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको जनाइएको छ। सो समुदायलाई वास्तवमा यहाँबाट लखेट्न र उनीहरुबिरुद्ध जातीय सफाया गर्न यस्तो गरिएको पाइएको सो अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ। 

राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा ती मानिस मारिएका थिए। सो प्रतिवेदनअनुसार यसरी मारिनेमा ७३० जना बालबालिका पनि छन्। 

उनीहरुमाथिको यो ज्यादतिपछि उनीहरु गत अगष्ट २५ मा उनीहरुदे देश छोडेर भागेका हुन्। उनीहरू हाल बंगलादेशको शरणार्थी शिवीरमा रहेका छन्। 

यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन्। उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन्। उनीहरु राज्यले नै ज्यादति गरेकोले ज्यान जोगाउनका लागि भाग्नु परेको बताउने गरेका छन्।

प्रकाशित: १ पुस २०७४ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App