coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्यारी र मेघानको विवाह मे १९ मा

लण्डन – बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान आगामी वर्षको मे १९  तारिखमा  औपचारिक रुपमा वैवाहिक बन्धनमा बाधिँने भएका छन्। 

उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुने जानकारी केन्जीगंटन दरबारको स्रोतले दिएको बिबिसीमा उल्लेख गरिएको छ। 

विवाहमा हुने सम्पूर्ण खर्च दरबारले व्यहोर्ने बताइएको छ । विभिन्न प्रकारका सांगीतिक कार्यक्रम तथा भोजभतेरका साथ विवाह सम्पन्न हुने बताइएको छ। 

राजकुमार ह्यारी र मेघान बीच गत नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो। इन्गेजमेन्ट पश्चात् उनीहरू पहिलोपटक शाही भ्रमणमा गएका थिए। आगामी डिसेम्बर २५ मा उनीहरुले पहिलोपटक शाही परिवार सँगै क्रिसमस मनाउने घोषणा गरेका छन्। 

उनीहरू सन् २०१६ देखि प्रेममा थिए । राजकुमार ह्यारी बेलायती राज परिवारका पाँचौं नम्बरका हकदार हुन्। 

प्रकाशित: १ पुस २०७४ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App