७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा एककाे मृत्यु

बर्दिवास – पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो। 

पोखरेल आफैँले बा ३६ प २४७९ नंको मोटरसाइकल चलाएका थिए । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएको र उनीहरुलाई बर्दिवासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। 

प्रकाशित: १ पुस २०७४ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App