४ वैशाख २०८१ मंगलबार
समाज

ट्रकले बसलाई ठक्कर दिँदा ४० जना घाइते

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाउँपालिका १० मौवाखोलामा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा ४० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ।

काठमाडौँबाट मुग्लिन जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकले टिकापुरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४४२० नम्बरको बसलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर कृष्णराज सापकोटाले जानकारी दिए। 

दुर्घटनाका घाइतेहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 
ओभरट्याक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिएपछि बस सडकमा पल्टिएको थियो । सडकको बीचमा बस पल्टिएका कारण राजमार्गमा एकतर्फी रुपमा मात्र सवारी चलेको छ।

 

प्रकाशित: १ पुस २०७४ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App