coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्लव विश्वकपको उपाधीका लागि रियल–ग्रिमिओ खेल्दै

अबुधावी– क्लब विश्वकपको उपाधीका लागि आज युरोपियन च्याम्पियन रियल मड्रिड र ब्राजिलियन क्लब ग्रिमिओ भिड्दैछन् । गएको बुधबार राति युएइको अबुधाबीमा अल जजिरासँग भएको सेमिफाइनल खेलमा रियल २–१ ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।  यता मेक्सिकोको पाचुकालार्इ १–० ले हराउँदै ब्राजिलियन टोली ग्रिमिओ पनि फाइनलमा प्रवेश गरेको हो। 

रियल मड्रिड लगातार तेस्रो पटक क्लव विश्वकपको उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रदा ग्रिमियो पनि रियललार्इ हराउँदै उपाधी हत्याउने दाउका साथ मैदान उत्रदैछ। रियलले यसअघि सन् २०१४ र २०१६ मा क्लव विश्वकपको उपाधी जितेको थियो । आजको खेल पनी जित्दै रियल बार्सिलोनाको कीर्तिमानसँग बराबरी गर्ने सुरमा छ । बार्साले ३ पटक क्लव विश्वकपको उपाधी जितिसकेको छ । आजको खेलमा प्रशिक्षक जिनेदिन जिदाननले ग्यारेथ बेललार्इ पनि पूरै समय खेलाउने सम्भावना छ। 

बेललार्इ अघिल्लो खेलमा पनि जिदानले खेलको ८१ औ मिनेटमा मात्र मैदान प्रवेश गराएका थिए । करिम बेन्जेमाको स्थानमा ८१ औं मिनेटमा मैदान प्रवेश गरेलगतै बेलले गोल गरेका थिए । बेलको सोही गोलको मदतमा रियल क्लव विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । बेल पछिल्लो समयमा घाइते रहेकाले मैदानमा देखिने गरेका छैनन् । खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।

 

प्रकाशित: १ पुस २०७४ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App