पाल्पाली शताब्दी पुरुष

शनिबार, ०१ पुष २०७४, ०९ : ३५ नागरिक

आदित्यमान श्रेष्ठ
एक शताब्दी बाँच्नु कठिन हो । त्यसमा पनि सुखसित बाँच्नु अरु कठिन हो । आफ्नो सुखको साथै अरुको सुख बढाउनु झन् कठिन हो । रोगीको रोग निको पार्नु उपचारकर्मीको व्यावसायिक कर्तव्य हो । तर वर्तमान समयमा इमानदारीसाथ सो कर्तव्य निभाएको अपवादका रूपमा देखिने गरेका बेला अपवाद भएर निस्कनु अर्को कठिन काम हो । जीवनपर्यन्त सामाजिक सेवामा लाग्नु र त्यसमा विवादरहित र निष्कलंक रहनु गर्वको कुरा हो । शताब्दी लामो जीवनमा सन्तोष पाउनु र अरुलाई पनि सन्तोष दिन सक्नु दैवी वरदान नै हो । यस्ता शताब्दी पुरुष थिए, पाल्पा तानसेनमा जन्मेका र हालै काठमाडौंमा देह त्याग गरेका कविराज दशरथमान सिंह ।
मानिस साधारण भएर पनि असाधारण हुन सक्नु एक विशेषता हो । आजको भ्रष्टाचार र बेइमानीले विषाक्त समाजमा कोही इमानदार भएर बाँच्न सक्नु असाधारण गुण मानिन्छ, जुन उनले ९९ वर्षको जीवनमा देखाए । ‘त्यो समय त्यो परिवेश’ भन्ने उनको जीवनयात्राको संस्मरण पढ्दा लाग्छ, नेपालमा कति परिवर्तन भइसकेका रहेछन् । दशरथमान सिंह एक कविराज थिए । उनले बनारस हिन्दू विश्वविद्यालयको फ्याकल्टी अफ मेडिसिन एन्ड सर्जरीबाट करिब ७१ वर्षअगाडि डिप्लोमा इन आयुर्वेद उपाधि हासिल गरेका थिए । यसमा आयुर्वेदको साथै आधुनिक चिकित्सा प्रणाली एलोपेथीको पनि पढाइ भएको थियो । आजको नेपालमा चिकित्सासम्बन्धी सुविधाहरूको महŒव तब बुझ्न सकिन्छ, जब हामी ती सुविधा शून्य भएको समय सम्झन्छौँ । आफ्नो पुरानो बेलाको स्मरण गर्दै कविराज सिंह लेख्छन्, ‘बिरामीको उपचार गर्न रोगको निदान पूर्णतः लाक्षणिक आधारबाट गरी त्यसअनुसार उपचार गर्नुपथ्र्यो । प्रयोगशाला परीक्षणजस्ता कुनै सुविधा उपलब्ध थिएनन् । जस्तोसुकै जटिल प्रकृतिका रोगमा पनि आफ्नो अनुभव, ज्ञानले निर्णय गर्न सक्नुपथ्र्यो । त्यसबेला अहिलेजस्तै बोटल, स्ट्रिप्सहरूमा अ‍ौषधि तयारी अवस्थामा पाइँदैनथ्यो । रोगको प्रकृतिअनुसार विभिन्न झोल अ‍ौषधि मिसाएर मिश्रण बनाउने, विभिन्न चक्की अ‍ौषधि पिस्ने अनि पाउडर बनाएर मात्रा छुट्याई पुरिया बनाएर दिनुपथ्र्यो । यस्तो मात्रा छुट्याउँदा सबैले प्रयोग गर्न सजिलो र बुझ्ने होस् भनी कागजलाई मिलाएर काटेर आवश्यक मात्रामा विभाजन गरी बोतलमा टाँसिन्थ्यो । झोल अ‍ौषधि बनाएर दिनका लागि विभिन्न साइजका खाली बोतल भारतबाट मगाउनुपथ्र्यो । 
धेरै रोगमा प्रायः मिश्रणकै प्रचलन थियो । जस्तो ः पेटसम्बन्धी रोगमा कार्मिनेटिभ मिश्रण, ज्वरो आदिमा अल्कालीन मिश्रण आदि । प्रभावकारी अ‍ौषधिको राम्रो विकास भइसकेको थिएन । सल्फा ड्रगको समेत प्रचलन नभएको समयदेखिको व्यावसायिक अनुभव केलाउँदा त्यसको प्रचलनले चमत्कार गरेजस्तो लाग्थ्यो । त्यसपछि पेनिसिलिनले झन् फड्को मारेको अनुभव भयो । क्रमशः अन्य एन्टिबायोटिक हुँदै अहिलेको उच्चतम प्रभावकारी अ‍ौषधिको प्रचलनले ती दिनको कल्पनासम्म पनि गर्न कठिनाइ पर्छ । एन्टिबायोटिकको प्रचलन नभइसकेको समयमा टाइफाइड बिमारीका लागि टाइफोयड फेज भन्ने झोल सानो एम्पुल जस्तोमा आउँथ्यो । त्यसलाई फोडेर खुवाउनुपथ्र्यो । त्यसको असर देखिन पनि धेरै समय लाग्थ्यो । 
अ‍ौषधि सबै भारतबाट मगाउनुपथ्र्यो । आफू भारततर्फ गएका बेला त्यहीँ अर्डर दिई रकम भुक्तान गरेपछि सप्लायरले माल चलान गरिदिन्थ्यो । आयात गरिने अ‍ौषधि भारतको लखनउ, पटना, कलकत्ता, दिल्ली आदि विभिन्न ठाउँबाट मगाइन्थ्यो । यसरी पठाइएको सामान नौतनवासम्म रेलमा आउँथ्यो र नौतनवामा त्यहीँको क्लिअरिङ एजेन्टले त्यो सामान बुझी नेपालतर्फ पठाउँथ्यो । यसका लागि बुटवलमा पनि एजेन्ट हुन्थे, उनीहरूले समन्वय गर्थे । सुरुमा नौतनवादेखि बुटवलसम्म गाडामा सामान ल्याइन्थ्यो । बुटवल आइपुगेपछि त्यहाँको एजेन्टले भरियाको बन्दोबस्त गरी तानसेन पठाउँथ्यो । यसरी सामान नौतनवाबाट तानसेन पुग्न कम्तीमा ५,७ दिन लाग्थ्यो । मोटर बाटो खुल्नेबित्तिकै आपूर्ति व्यवस्थामा ठूलो परिवर्तन आयो । गोरखपुरबाट औषधि लिएर घरघरमा नै आउन थाले । ठुल्ठूला नाम चलेका कम्पनीका प्रतिनिधि पनि नियमित आउन थाले र यस्ता प्रतिनिधिमा नेपालीको संख्या क्रमिक रूपमा वृद्धि हुँदै गयो । अ‍ौषधिको सप्लाई पनि नेपाल भित्रैबाट हुन थाल्यो । क्रमिक रूपमा भारतबाट आफैँले मगाउने प्रथा बन्द भयो । 
रोगहरूको प्रकृतिमा पनि आकाश–जमिनको फरक आएको छ । त्यसबेला महामारीको रूपमा रहेका रोग अहिले हराइसकेका छन् भने नयाँ–नयाँ रोगको प्रकोप बढ्दै छ । पहिलेका मानिस यथेष्ठ परिश्रम गर्थे । शुद्ध र स्वच्छ वातावरणमा बसी पथ्य कुरा खान्थे । अहिले त्यसविपरीत धेरै श्रम नगर्ने, अस्वस्थकर खानपिन, रहनसहनले धेरै रोग र समस्या सिर्जना गरेको देखिन्छ ।’
बिरामी जाँच्न कसरी गाउँगाउँ जानुपथ्र्यो भन्ने बयान अरू रोचक पाइन्छ । कविराज सिंहले भनेका छन्, बिरामी उपचारकर्ताकहाँ नआएर उपचारकर्ता नै बिरामीको घरमा जाने चलन थियो । उनले भनेका छन्, ‘बिरामी पर्दा दुकानमा आएर जँचाउने चलन ज्यादै कम थियो । खासगरी महिलाको संख्या शून्य हुन्थ्यो । यसैले घरघरमा गई बिरामी जाँच गर्नुपथ्र्यो । यति मात्र होइन, नियमित जाँच्नुपर्ने बिरामीको हकमा पटकपटक गइरहनुपर्ने हुन्थ्यो । गाउँ घरबाट पनि बिरामी ल्याउन गाह्रो थियो । एकजना बिरामीका लागि बोकाएर ल्याउन पाँच–सात जना सहयोगी र अरू सामग्री चाहिन्थ्यो । यसैले गाउँहरूमा गएर बिरामी जाँच गर्नु सामान्य कार्यजस्तो थियो । कतिपय अवस्थामा त बिरामीलाई उपचार गरी ठीक नहुन्जेल गाउँमै बस्नुपथ्र्यो । यस क्रममा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची लगायत धेरै गाउँमा पटकपटक पुगेर सेवा प्रदान गरेको छु ।’
यसै सिलसिलामा उनी एकपटक गुल्मीको रिडी बजार, जुन तानसेनबाट आठ माइल टाढा पर्छ, त्यहाँ एकजना बिरामी जाँच्न पुगे । उनी अक्सर घोडामा जान्थे र एकै दिन फर्कन्थे । तर, त्यतिबेला रात परिसकेकाले रिडीमै बसे । उनकी एउटी दिदीको विवाह रिडीमै भएको थियो । उनी दिदीकै घरमा बसे । दिदीको एकजना छोरा पढ्न नपाएर भौँतारिएर बसेका थिए । उनको पढाइबारे दिदी र भाइबीचमा कुराकानी भयो । फलस्वरूप उनले तानसेन आफ्नै घरमा लगी पढाइदिए । 
एक शताब्दीमा उनको जन्मस्थल तानसेनमा के–कस्ता बदलाव आएका रहेछन् भन्ने उनको पुस्तकमा एक विहंगम बयान पाइन्छ । यसको साथै नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, यातायात, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा आएको परिवर्तनको आकलन पनि गर्न सकिन्छ । तर, तानसेनको स्वरूपमा भने उनको बयानअनुसार पुराताŒिवक किसिमले संरक्षित भएको पाइन्छ । नेपालको पुराताŒिवक नियमअनुसार सय वर्षभन्दा पुराना निर्माण वा वस्तु पुराताŒिवक महŒवको मानिन्छ । तदअनुसार यहाँका मठ, मन्दिर, भवन, सहर आदि संरक्षण भएको पाइन्छ । 
उनले आफ्नो बयानमा भनेका छन्, ‘एक शताब्दीको यात्रा पूरा गर्दै अहिलेको अवस्थासम्म आइपुग्दा मुलुकमा धेरै परिवर्तन भए पनि मेरो जन्म थलोको नाममा आजसम्म कुनै परिवर्तन भएको छैन । टोलको नाम, सहरको नाम र जिल्लाको नाम क्रमशः वसन्तपुरटोल, तानसेन र पाल्पा अद्यापि यथावत छ । पहाडी बस्ती हुनाले सहर विस्तार हुन सक्ने पर्याप्त स्थान नहुँदा त्यसबेलाको मूल बजारको स्वरूप नै कायम रहेको छ र विभिन्न टोलको नाम पनि अद्यापि त्यही कायम छ । 
टोल विशेषमा बसोबास गर्ने व्यक्तिको समूह र त्यस निश्चित ठाउँको विशेषता कतिपय ठाउँमा अहिलेसम्म कायम छ । जस्तै ः टक्सार टोलका प्रायः घरमा भाँडाकुँडाका कुटिर उद्योग थिए । यहाँ काँस, पीतल, तामा, ढलौटजस्ता धातुबाट बन्ने भाँडाकुँडा करूवा, अम्खोरा लगायत सुकुन्डा, पानसजस्ता वस्तु कलात्मक ढंगले बनाउने शिल्पी हात धेरै थिए । त्यस टोलमा प्रायः बज्राचार्य, शाक्य, गुभाजु थरका बौद्ध धर्मावलम्बीको बस्ती थियो, जुन अद्यापि कायम छ । 
हाल रहेका मठ–मन्दिरहरू त्यतिबेलै थिए । अमर नारायणको भव्य मन्दिर, वरिपरिको ठूलो पर्खाल र अगाडिको बगैँचा र त्यहाँ पाइने चमेराको व्यवहार ज्यादै लोभलाग्दो थियो । बजारको मध्यभागस्थित भगवती मन्दिर अहिलेको स्वरूपभन्दा विशाल प्यागोडा शैलीको तीनतले ज्यादै भव्य थियो । अमरगन्जमा ठूलो पौवा र वटुक भैरवको मन्दिरको साथै अन्य मन्दिर श्रीनगर गणेश, टक्सार गणेश, विभिन्न स्थानका भीमसेन मन्दिर पनि व्यवस्थित रूपमै सञ्चालित थिए । बर्सेनि निश्चित दिन र समयमा मनाइने जात्रा, पर्वहरू उत्साहपूर्वक मनाउने गरिन्थ्यो । यी पनि कायमै छन् ।
बौद्ध धर्मावलम्बीबो उल्लेख्य उपस्थिति रहेको तानसेनमा भीमसेनटोल टुँडिखेलनजिकै आनन्दविहारको चैत्य पहिलेदेखि थियो । १८६३ सालमा सुन्दर वाडाले उक्त ढुंगाको चैत्य स्थापना गरेपछि तानसेन बुद्धधर्मको नयाँ आयाम आधुनिक काल प्रारम्भ भएको मानिन्छ । उक्त स्थानमा २००९ सालमा ज्ञानमाला संघले एक विहार निर्माण गरेका थिए, जसलाई आनन्द विहार भनिन्छ ।’
उनको जीवनगाथाले उनको आत्मालाई अवश्य शान्ति प्रदान गर्नेछ ।
 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad