७ वैशाख २०८१ शुक्रबार
खेल

दुहबी गोल्डकपको उपाधिका लागि आर्मी–मनाङ भिड्दै

दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दैछन्। दुहबी रंगशालामा खेल दिउसो साढे २ बजेबाट सुरु हुनेछ। झापामा आयोजना भएका पखिल्ला २ खेलको फाइनलमा आर्मीसँग भिडेको मनाङ दुबै खेलमा पराजित भएको थियो । 

२ वटै फाइनल खेलमा पराजय भोगेकोे बदला लिदै उपाधी रक्षा गर्ने लक्ष्यका साथ मनाङ मैदान उत्रदा आर्मी भने सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । मनाङबाट राष्ट्रिय टोलीका धेरै खेलाडीले खेलेपनि उसले उत्कृष्ट प्रर्दशन गर्न सकेको छैन । आज उत्कृष्ट प्रर्दशन गरेमा आर्मीलाइ पनि उपाधी जित्न सहज भने हुनेछैन।

पछिल्लो समयमा फर्ममा रहेको आर्मीलाई रोक्न मनाङलाइ निकै संर्घष गर्नुपर्नेछ। आर्मीले पछिल्लोे समय मोफसलमा आयोजना हुँदै आएका प्रत्येक प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएको छ। रुपन्देही ११ लाई सेमिफाइनलमा पराजित गर्दै आर्मी र चर्च ब्वाइज क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेका थिए। 

एलाभेन एरोज क्लब र मनमोहन मेमोरियल फाउन्डेसनको संयुक्त रुपमा आयोजित प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन्।

 

 

प्रकाशित: १ पुस २०७४ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App