coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दाहाल खाँटी राष्ट्रवादी भए भारतीय मिडियामा किन हर्षका खबर छाए: वैद्य

चितवन–   पुष्मकमल दाहाल नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्ने लक्षण नदेखिएपनि जनताको पक्षमा काम गरे धन्यवाद दिने नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बताएका छन्। आइतबार बिहान भरतपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता बैद्यले ओली सरकार हटेपछि भारतीय मिडियामा आएको समाचारले यो सरकारबाट धेरै आशा भने नराखेको बताए ।

‘ओली गएर नयाँ सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमहरुमा हर्षका खवरहरु छाएको थियो। त्यसले यहाँको पुष्पकमल दाहालजी खाँटी राष्ट्रवादी भएको भए त्यसो हुन नपर्ने। तै पनि खास कुरा के हो त्यसै खुसी त मनाएनन् होला, परिणाम हेर्न बाँकी नै छ’, अध्यक्ष बैद्यले भने। सरकार बनेपछि दाहालसँग कुनै सम्पर्क नभएको र भएमा जनता, सुकुम्वासी तथा राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न आग्रह गर्ने उनले बताए ।

‘नाकाबन्दीका बेलामा अडान लिएर चीनसँग पारवहन सम्झौता गरेर केपी ओलीले गरेका कामलाई हामीलेपनि ठिकै भनेका थियौं। प्रचण्डजी (प्रधानमन्त्री दाहाल)ले के गर्नु छ त्यो केही समयमा देखिहाल्छ। तर देश र जनता, राष्ट्र र राष्ट्रियताको सर्वोपरी हितकालागि यो सरकारले काम गर्न सक्दैन भन्ने हाम्रो ठहर हो’, बैद्यले भने। नयाँ जनवादी क्रान्ति भएमा मात्रै यो काम सम्भव हुने आफ्नो पार्टीको नीति रहेको उनले बताए।

 

प्रकाशित: २३ श्रावण २०७३ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App