८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’

काठमाडा– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल सुरु भएको छ । नयाँबानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो ।
‘नयाँ सरकार गठन र पार्टी एकतालाई सँगसँगै लैजाने गरी दुवै अध्यक्षबीच छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै विषयले केही दिनमा तीव्रता पाउनेछन् ।’
ओलीसँग भेटअघि दाहाल र श्रेष्ठबीच छलफल भएको थियो । दाहाल र ओलीको भेटपछि पनि दाहाल र श्रेष्ठबीच भेट भएको थियो । दाहालसँगको भेटलगत्तै श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
असोजका तेस्रो साता प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि पार्टीएकता गर्ने घोषणा गरेका एमाले र माओवादीले गठबन्धन निर्माण गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए । चुनावको परिणाम सार्वजनिक भएपछि पहिलो पटक शुक्रबार दिउँसो दुवै नेताबीच पहिलो पटक भेट भएको थियो । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वामपन्थी गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेका छन् । दुवै दलका नेताबीच पार्टी एकतालाई प्रतिकूल प्रभाव पर्नेगरी अभिव्यक्ति नदिन तल्लो तहमा निर्देशन गर्ने पनि सहमति भएको छ ।
दुई नेताबीच साढे एक घण्टा भएको भेटमा कानुनी उल्झन निकाली नेपाली कांग्रेसले सत्ता लम्ब्याउन खोजेको निष्कर्ष निकाली त्यसलाई प्रतिवाद गर्ने सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । ‘सरकारले कानुनी उल्झन निकालेर आयु लम्ब्याउन खोजेको ठहर गर्दै त्यसलाई प्रतिवाद गरेर जाने विषयमा सहमति भएको छ,’ अधिकारीले भने, ‘काम चलाउन बनेको सरकारले जथाभावी नियुक्ति गरेको छ । यी दुवै विषयलाई प्रतिवाद गरेर जाने सहमति भएको छ ।’
राष्ट्रियसभाको निर्वाचन प्रणालीका बारेमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद छ । यही कारण यससम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएको छ । एमालेले सरकारले पठाएको अध्यादेशमा राखिएको एकल संक्रमणीय निर्वाचन प्रणाली संविधानअनुसार नभएको भन्दै आएको छ । एमालेले बहुमतीय निर्वाचन प्रणालीको मात्रै प्रयोग हुनसक्ने जनाएको छ ।

प्रकाशित: १ पुस २०७४ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App