७ वैशाख २०८१ शुक्रबार
समाज

साहित्यकार पहारीको निधन

पाल्पा– वगनाशकाली-२ पोखराथोकका साहित्यकार कृष्ण पहारीको निधन भएको छ । ब्रेन ट्युमर रोगका कारण पहारीको शुक्रबार राति ११ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

६१ वर्षीय पहारीलाई बेलायत घुमेर फर्केपछि अस्वभाविक रुपमा बिर्सने लक्षण देखा परेको थियो । सामुदायिक रेडियो मदनपोखराका प्रतिनिधि समेत रहेका पहारीले साहित्य, स्वास्थ्य र सञ्चार क्षेत्रमा अतुलनिय योगदान पु¥याएका छन् ।

पोखराथोक साहित्य संगमका अध्यक्ष समेत रहेका पहारीको केही गजल प्रकाशित छन् । उनको जन्म २०१३ साल जेठ २३ गते भएको थियो ।

प्रकाशित: १ पुस २०७४ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App