coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

काठमाडौ–दरबारमार्गको  डेजाभू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ७ जनालाई  प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

डिजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बेचेर उनलाई नल्याएको विवादमा क्लबमा तोडफोड भएको थियो । आफुहरुलाई क्लब र कार्यक्रम आयोजकले ठगी गरेको भन्दै टिकट किनेका सर्वसाधरणले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठगी मुद्दा अघि बढेपछि अब उनी ७ जना प्रहरी हिरासतमा बस्ने सम्भावना छ ।

क्लब डेजाभुमा बुधवार भएको घटनालाई लिएर महानगरीय अपराध महाशाखाले पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतकालाई पक्राउ गरेको थियो । क्लबले अमेरिकी डिजे मार्समेलो ल्याउने भन्दै ग्राहकसँग मह‌ंगो रकम असुलेको तर नल्याएका कारण राति आक्रोशित समूहले क्लबमा तोडफोड गरेको थियो । क्लबले चर्चित डिजे मार्समेलो ल्याउने भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्ममा टिकट बिक्री गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

 

प्रकाशित: २९ मंसिर २०७४ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App