coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ सरकार गठनबारे ओली-दाहाल छलफल

कठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन पछिको नयाँ घटनाक्रमबारे छलफल भएको छ।
शुक्रबार दिउँसो काठमाडौंमा भएको छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको दाहालको सचिवालयले जनाएको छ। अध्यक्ष दाहाल र ओलीले  छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममूखी भएको निष्कर्ष निकालेका छन्।
ओली र दाहालबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी समेत भएको छ। छलफलमा रहेका विषयमा गृहकार्य गरेर अघि बढ्ने उनीहरुले बताएका छन्।

प्रकाशित: २९ मंसिर २०७४ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App