८ वैशाख २०८१ शनिबार
राजनीति

थवाङमा १२ वर्ष पछि वर्षमानको एक रात

रोल्पा- थबाङ पुगेर रोल्पाबाट निर्वाचित सांसद तथा एनेकपा माओवादीका सांसद वर्षमान पुनले मतदातालाई धन्यवाद दिएका छन्। उनले 'जनयुद्व'पछि पहिलोपटक थवाङमा एक रात समेत विताएका छन्।

थबाङमा एक रात बसेका अनन्तलाई पूर्व सांसद वरमान बुढालगायतले स्वागत गरेका थिए। अनन्तसँगै प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन, निवर्तमान सभामुख ओनसरी घर्ती पनि थबाङ पुगेका थिए। उनले थकाङको ठूलोगाउँ र फुन्टिबाङ पुगेर आफूलाई मतदान गरेकोमा धन्यवाद दिदै थबाङलाई नमूना गाउँ बनाउने प्रतिबद्धता जनाए । पुनले मिरुल, कुरेली, राङसी, घर्तीगाउँ, जेलबाङ, पाङलगायतका मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिईरहेका छन्।

प्रकाशित: २९ मंसिर २०७४ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App