सिके राउतका दुई समर्थक जेल चलान

शुक्रबार, २९ मङि्सर २०७४, १५ : ०६ महेशकुमार दास

महोत्तरी- मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत्रपत्रको कोठा बाहिर मतदान गरि मत बदर गर्ने प्रचार प्रसार गर्दै हिँडेको आरोपमा पक्राउ परेका सिके राउतको दुई जना समर्थकलाई जेल चलान गरिएको छ।

सार्वजनिक अपराध ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनही ७ हजार धरौटि माग गरेवमोजिम धरौटि बुझाउन नसक्दा राउतका समर्थक महोत्तरी गाउँपालिका वडा नं. १ घर भएका कोमल यादव र लोहारपटि घर भएका फुलचन मुखिया विनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताएको छ।

सिके राउतले उद्‍घोष गरे अनुरुप प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्न भएको चुनाव अघि निर्वाचनमा मतपत्रमा कोठा बाहिर मतदान गरेर मत बदर गर्न मतदातालाई सिकाउँदै हिडेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको थियो।

निर्वाचनको बर्खिलाप हुनेगरि उनीहरुले मत बदर गराउने मनसायले प्रचार प्रसार गर्दै हिँडेकोले चुनावी सुरक्षालाई ध्यानमा राखि दुवै जनालाई पक्राउ गरि उनीहरु माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।

सार्वजनिक अपराध ऐनको सुनवाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले गर्ने प्रावधान अनुरुप दुवै यादव र मुखियालाई जनही ७ हजार धरौधि तिर्ने निर्णय गरिएको थियो।

जिल्ला प्रशससन कार्यालय महोत्तरीले गरेको निर्णय अनुसार उनीहरुले धरौटि वुझाउन नसकेपछि बिहिरबार नै जलेश्वर कारागार चलान गरिएको एसपी कडायतले बताएको छ।

यसैबीच सिके राउतको संठगठनका केन्द्रिय सदस्य जासर यादवले कोमल यादव र फुलचन मुखिया विन लाई प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउनु र जेल चलान गर्नु  गैर न्यायिक कार्य भएको बताएको छ।

सिके राउतको समर्थनमा कोठली बाहिर मतदान गर्ने प्रचार प्रसार गरि रहेको अवस्थामा नभई उनलाई घरमा बसिरहेको बखत प्रहरीले जवरजस्ती पक्राउ गरि ल्याएर अनाहकमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउनु गलत कार्य भएको केन्द्रिय सदस्य यादवले बताएको छ।

नेपालको संविधानमै आम मतदाताले आफनो तरिकाले मतदान गर्न पाउने अधिकार रहेको र सिके राउतले आफनो समर्थनमा कोठली बाहिर मतदान गर्ने उदघोष नै गरेकोले उनीहरुलाई पक्राउ गर्नु सरासर गलत भएको तर्क यादवको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad