८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फ्रान्समा रेल दुर्घटना,चार बालबालिकाको मृत्यु

मिललास् – दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि चार जना बालबालिकाको मृत्यु भएको छ भने २० जना गम्भीर  घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो। 

दुर्घटनामा परेको यस बसमा फ्रान्सको मिललास्स्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ। 

सो दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो। 

बस नराम्ररी क्षतिग्रस्त भएको सरकारी स्रोतले जानकारी दिएको छ । फ्रान्सको ब्लुउ प्रान्तको एक क्षेत्रीय रेडियोका अनुसार रेलले बसलाई ठक्कर दिएको थियो। 

दुर्घटनास्थलबाट उद्धारको लागि करिब ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ। 

फ्रान्सका प्रधानमन्त्री एडवार्डा फिलिप पनि सो बस दुर्घटना भएको क्षेत्रमा पुगेका छन्। उनले घाइतेको राम्रो उद्धार र उपचारका लागि निर्देशन दिएका छन् । 

प्रकाशित: २९ मंसिर २०७४ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App