coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

पाल्पा – कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ। पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडा नजिकैको कालीगण्डकी कोरिडोरको सडक विस्तारका क्रममा एक्सकाभेटर पुरिएको हो। 

सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ। चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका थिए। 

प्रकाशित: २९ मंसिर २०७४ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App