coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताएका छन्। 

तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याएका छन्। 

महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागिपर्नेमा जोड दिए। 

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणका साथ अघि बढ्न सकेमात्र दिगो विकासले गति लिने धारणा व्यक्त गरे। महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अघि बढ्नुपर्ने बताए। 

कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैँक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो। 

समारोह शुरु हुनुअघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान गर्दै वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो। 

महानगरमा बीस वर्षभन्दा बढी सेवा गरेका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो। रासस 

प्रकाशित: २९ मंसिर २०७४ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App