coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

हिंंसाविरुद्ध अभियान र देवी

नेपाललगायत विश्वभर महिला हिंसाविरुद्ध सोह्र दिने अभियान जारी छ । महिला अधिकारका क्षेत्रमा कार्यरत महिला सुुन्तला रंगको पछ्यौरा ओढेर यस वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ सहित गोष्ठी र छलफलमा व्यस्त छन् । ती महिला महिलामाथि हुुने हिंसा र उत्पीडनविरुद्ध धेरै चर्का बहस र छलफल गरिरहेका छन् । यस्तो लाग्छ, मानौँ उनीहरू साँच्चै नै हिंसा र उत्पीडन अन्त्यका लागि पूर्णरूपमा कटिबद्ध छन् । यो अभियानमा निश्चय पनि राज्यका विभिन्न निकाय पनि सहभागी छन् । तर विडम्बना नै भन्नुपर्छ, देवी पौडेल जस्ता हजारौँ हिंसापीडित महिला भने राज्यका विभिन्न निकाय, संघ÷संस्थामा न्यायका लािग भिख माग्दै हिँड्न बाध्य छन् । भिख माग्दै हिँड्ने क्रममा लामो अवधिको चुनौतीपूर्ण संघर्षपश्चात केहीले आफ्नै बलबुतामा न्यायसम्म पाएका छन् भने धेरै अझै दरदरमा न्यायको  भिख माग्दै हिँड्दै छन् ।
यिनै हिंसापीडित महिलामध्ये देवी पौडेल यस्ती हुन् जसले आठ वर्ष लामो चुनौतीपूर्ण संघर्षपश्चात अदालतबाट ढिलै भए पनि न्याय पाएकी छन् ।  तर व्यक्तिगतरूपमा भने उनले धेरै गुमाएकी छन् । आर्थिक र मानसिकरूपमा उनी धेरै कमजोर भएकी छन् । त्यतिमात्र होइन, यो अवधिमा श्रीमान्को मानसिक एवम शारीरिक हिंसाबाट त उनी पीडित थिइन नै, थप राज्यका विभिन्न निकाय, सामाजिक संघ÷संस्था तथा राजनीतिक पार्टीहरूबाटसमेत मानसिक हिंसा सहन बाध्य भइन् ।
बिहे भएको छोटो अवधिमा नै श्रीमान्को चरित्रहीनता र परस्त्रीगमनका कारण उनी र उनका श्रीमान्बीच सम्बन्ध बिग्रँदै गयो । उनले श्रीमान्ले आफूूप्रति गरेको बेइमानीको विरोध गर्दा धेरै मानसिक र शारीरिक यातना सहनुप¥यो । दुुईजनाबीच विवाद बढ्दै गएपछि श्रीमान्ले नगरपालिकामा सम्बन्ध विच्छेदको मुुद्दा दर्ता गराए । तर नगरपालिकाले सिधै पति वा पत्नी दुुवैको सहमतिबेगर सम्बन्ध विच्छेद गर्न नसक्ने र दुईजनामध्ये एकजनाको विशेष अवस्था जसको कारणले अलग बस्नुपर्ने बाध्यात्मक स्थिति नआउँदासम्म सम्बन्ध विच्छेद गर्न नमिल्ने बतायो । त्यसपछि उनी अदालत गए, यता श्रीमतीलाई दुःख पनि दिइरहे ।
अदालतले उनका श्रीमान्लाई जरिवाना, कैद सजाय र माना चामल भर्नुपर्ने निर्णय सुनायो । तर त्यो अहिलेसंम कार्यान्वयन हुन सकेको छैन् । उनीविरुद्ध देवीले बहुविवाह मुद्दा हालिन् । एकैचोटी अपराधीलाई अदालतमा पेश गरेर धरौटीमा छुटाउने काम भयो । अदालतकै परिसरमा उनले श्रीमान् र सौताको कुटाइसमेत खाइन् । अन्त्यमा अदालतसमेत उनको पक्षमा निर्णय दिन बाध्य भयो । यो संघर्षका क्रममा उनले केही व्यक्तिविशेषको साथ त पाइन् तर जो महिला अधिकारका पसल थापेर बसेका महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र राजनीतिक पार्टी संगठन जो महिला हिसाविरुद्ध अभियान सञ्चालन गर्छन्, उनीहरूको भने खासै साथ पाइनन् । तैपनि उनले गरेको साहस र आँटले आज उनी श्रीमान्लाई कारागार पठाउन सफल भएकी छन् ।
संयोग नै भन्नुपर्छ, बहुविवाहको उजुुरी दर्ता गराउन जाँदा खासै सहयोगी हुन नसकेको प्रहरी प्रशासन भने पछिल्लो चरणमा अदालतको निर्णय कार्यान्वयन गर्न आतुर देखियो । उनले लगेर प्रहरी प्रशासनलाई अदालतको निर्णय देखाउनेबित्तिकै समातेर कारागार हाल्न तयार भयो र अहिले देवीका श्रीमान् केन्द्रीय कारागारमा बन्दी  भएर बसेका छन् । तर अर्को पाटो पनि छ, उसको कान्छी श्रीमतीलाई भने प्रहरी प्रशासनले अहिलेसम्म समातेको छैन । शायद फरारको सूचीमा उसलाई राखेको छ । तैपनि कम्तीमा एकजना भए पनि अपराधीलाई गिरफ्तार गरेर अदालतको निर्णय कार्यान्वयन गर्नेतर्फ प्रहरी प्रशासन अगाडि बढेकाले यसलाई सकारात्मकरूपमा नै लिनुपर्छ । शायद महिला हिसाविरुद्ध सोह्र दिने अभियानमा कम्तीमा केही काम त गरेर देखाउनुपर्छ भनेर होला, प्रहरी प्रशासनले यो सक्रियता देखाएको ।

प्रकाशित: २९ मंसिर २०७४ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App