८ वैशाख २०८१ शनिबार
खेल

मालनको पहिलो शतक

शतक बनाएपछि मालन ।

(एएफपी)– डेभिड मालनले टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेको दिन बिहीबार इङ्ल्यान्डले एसेसअन्तर्गत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।पहिलो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ३०५–४ मा खेलिरहेको छ । मालन अविजित १ सय १० र विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टो अविजित ७५ रनमा खेलिरहेका छन् । १ सय ७४ बल खेलेका मालनले १५ चौका र १ छक्का प्रहार गरे । १ सय ४९ बलको सामना गरेका बेयरस्टोले १० चौका प्रहार गरे ।
करियरको आठांै टेस्ट खेलिरहेका ३० वर्षे मालनले ३२ रनमा डेविड वार्नले रन आउट गर्न चुक्दा जीवनदान पाएका थिए । त्यस्तै ९२ रनमा खेलिरहँदा क्यामरुन बेनक्रफ्टले क्याच छोड्दा पुनः जीवनदान पाएका थिए । १३१–४ को स्थितिमा ब्याटिङका लागि आएका मालनले पाँचांै विकेटका लागि बेयरस्टोसँग अविजित १ सय ७४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । जारी शृंखलामा इङ्ल्यान्डका ब्याट्सम्यानले गरेको यो नै सर्वाधिक रनको साझेदारी हो ।

त्यस्तै मार्क स्टोनम्यानले ५६ रनको योगदान दिए । पेट कमिङ्सको बलमा विवादास्पद क्याच हुनुअघि स्टोनम्यानले १ सय १० बलमा १० चौका प्रहार गरेका थिए । उनले ५२ रनमा खेलिरहँदा अस्ट्रेलियाका फिल्डरले दुई पटक क्याच छोड्दा जीवनदान पाएका थिए ।
 तीव्र गतिका बलर मिचेल स्टार्कको बलमा स्टोनम्यानलाई विकेटककिपर टिम पायनेले एक हातले क्याच लिए पनि अम्पायर मारियास इस्मसले अस्ट्रेलिायली खेलाडीको अपिल अस्वीकार गरेका थिए । तर अस्ट्रेलियाले रिभ्यु लिएपछि थर्ड अम्पायर अलिम दारले आउट दिएपछि उनको निर्णय विवादास्पद बनेको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा जोस हाज्लेउड र कमिङ्सले समान १÷१ विकेट लिए ।

 

प्रकाशित: २९ मंसिर २०७४ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App