coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी उपाधि नजिक

त्रिभुवन आर्मी क्लब (हरियो जर्सी) खेलाडी गोल गर्ने प्रयासमा वल अघि बढाउँदै ।

इटहरी–सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टीम त्रिभुवन आर्मी क्लब पुगेको छ ।
दुहवी रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ४–० ले अग्नि रुपन्देही एघारलाईं हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले अब शनिबार मनाङ मस्र्याङ्दी क्लब काठमाडौसँग उपाधि जितका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मीले यसअघि टाइब्रेकरका आधारमा ३–१ को अन्तरले मोरङ एघारलाई पराजित गदैं सेमिफाइनलको यात्रा तय गरेको थियो । 

खेलको पहिलो हाफमा अग्नि रुपन्देही एघारले दबावपूर्ण खेल खेल्यो । दोस्रो हाफमा भने पहिलो हाफको तुलनामा फित्तलो खेल खेल्यो । खेलको दोस्रो हाफको ३ औं र ५ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत १–१ गोल गरे । खेलको २६ औ मिनेटमा जर्ज प्रिन्स कार्की र ८९ औ मिनेटमा दिप लामाले एक–एक गोल थपे ।
 खेलको म्यान अफ दि म्याच आर्मीकै नवयुग श्रेष्ठ भए । उनलाई नगद पाँच हजारसहित मेडल प्रमाणपत्र प्रदान गरियो । प्रतिस्पर्धामा बिजेता तथा उपबिजेता टीमलाई नगद क्रमशः चार र दुई लाख नगदसहित शिल्ड प्रमाणपत्र प्रदान गरिनेछ ।

 

प्रकाशित: २९ मंसिर २०७४ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App