coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

धनगढी- प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३  र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।

 प्रदेश नम्बर ७ मा सवैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा ३ वटा निर्वाचन क्षेत्रमा थारु उम्मेदवार बिजयी भएका छन। यसैगरी कैलालीमा प्रदेश सभाको १० वटामा ४ थारु उम्मेदवार बिजयी भएका छन्। कंचनपुरको  निर्वाचन क्षेत्र १ मा प्रदेश सभामा एमालेका कुलविर चौधरी बिजयी भएका छन। कैलाली क्षेत्र नम्बर १ बाट राजपाका रेशम चौधरी, क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका गौरिशंकर थारु र क्षेत्र नम्बर ५ मा रानाथारु समुदायका एमालेका नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन । यसैगरी कैलालीको क्षेत्र नम्बर १  मा प्रदेश सभामा राजपाका कृष्ण चौधरी, निर्वाचन क्षेत्र ३ मा प्रदेश सभामा माओवादी केन्द्रका वीरभान चौधरी र निर्वाचन क्षेत्र ५ प्रदेश मा एमालेका नेपालु चौधरी प्रदेश सभामा बिजयी भएका छन। कैलालीमा थारु समुदायको मत निर्णायक मानिने गरेको छ। थारु समुदायको मत निर्णायक भएकाले ठूला दलहरुले प्रत्येक निर्वाचन क्षेत्रमा थारु उम्मेदवारलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएका थिए। बामगठबन्धनले ५ वटा निर्वाचन क्षेत्र मध्य प्रतिनिधि सभामा क्षेत्र  नम्वर ३  र क्षेत्र नम्बर ५ मा थारु समुदायको उम्मेदवार बनाएका थिए ।  यसैगरी प्रदेशमा ४ जना उम्मेदवार बनाएका थिए । कैलाली क्षेत्र नम्बर १ मा एमालेका तर्फवाट उम्मेदवार बनाइएका लालवीर चौधरी र नेपबहादुर चौधरी दुई जना नै पराजित भए भने २ जनामात्र बिजयी भए । यसैगरी नेपाली काग्रेसले प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर ३ मा रामजनम चौधरीलाई उम्मेदवार बनाएका थिए । प्रदेशमा थारु समुदायवाट ५ जनालाई उम्मेदवार बनाएको थियो । नेपाली काग्रेसका थारु समुदायबाट रहेका ५ जना सवै पराजित भए। प्रदेश ७ मा प्रतिनिधि सभामा १६ र प्रदेश सभामा ३२ जना सदस्य प्रत्यक्ष तर्फवाट निर्वाचित भएका छन।

कैलाली र कंचनपुर सहितको अलग्गै थरुहट राज्य हुनुपर्ने माग र अखण्ड सुदुरपश्चिम हुनुपर्छ भन्ने परस्पर बिपरित माग सहित दुवैपक्षधरको ४ बर्ष अघि र दुई बर्ष अघि महिनौ लामा ठूल ठूला आन्दोलन भएका थिए । प्रतिनिधि सभा र प्रदेश सभामा थारु समुदायको प्रतिनिधित्व सँगै जनप्रतिधिले थारु अधिकारका पक्षमा अवाज उठाउने थारु कल्याणकारी सभाका पूर्व सभापती प्रभात चौधरी बताउँछन्।‘निर्वाचित थारु नेताले प्रदेश सभा र प्रतिनिधि सभामा थारुका अधिकार उठाउने छन’उनले भने। निर्वाचित संख्या भने कम भएको उनको भनाई छ।

 

 

प्रकाशित: २८ मंसिर २०७४ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App