६ वैशाख २०८१ बिहीबार
कला

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

काठमाडौँ – अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसेकपछि नेपाली फ्यान  तथा आयोजकसँग माफी मागेका छन्। 

उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि बुधबार दरबार मार्गमा हुने भनिएको उक्त कार्यक्रम स्थगित भएको थियो। मार्समेलोले सामाजिक सञ्जाल ट्वीटर मार्फत् उक्त कार्यक्रम अस्वस्थताका कारण उपस्थित हुन नसकेको भन्दै माफी मागेका थिए। 

 

Nepal. I'm so sorry for not being able to appear for my performance last night at Deja Vu ktm. I was sick with an awful fever, & although I tried to come, the doctor ordered against it. Health first. I love you Nepal Mellogang, thank you for understanding & hope to see you soon.

— marshmello (@marshmellomusic) December 13, 2017

स्वास्थ्यमा आएको खराबीका कारण उनको उक्त कार्यक्रम स्थगित भएको थियो। उनको कार्यक्रम स्थगित भएकोमा उनका शुभ चिन्तकहरूले दु:ख व्यक्त गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका थिए। उनले क्षमा मागेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

यसैबीच आफ्ना प्रकाशनमा  मार्समेलोको कार्यक्रम सफल भएको भन्दै धन्यवाद दिएर छापिएको विज्ञापन पूर्व निर्धारित रहेको  नेपाल रिपब्लिक मिडियाले जनाएको छ। 

भिडियो:

 

प्रकाशित: २८ मंसिर २०७४ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App