७ वैशाख २०८१ शुक्रबार
राजनीति

समानुपातिक तर्फ डोटीमा नेपाली कांग्रेस पहिलो

डोटी- प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

प्रतिनिधि सभा तर्फ जिल्लामा नेपाली कांग्रेसले २८ हजार एक सय चार मत सहित पहिलो स्थानमा रहँदा नेकपा एमालेले २५ हजार चार सय ८४ मत सहित दोस्रो स्थानमा छ।  पाँच हजार दुई ६९ मत सहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । राष्ट्रिय जनमोर्चाले ९ सय २४ मत प्राप्त गरेको छ । प्रतिनिधी सभाका लागि निर्वाचन आयोगमा सूची बुझाएका ४९ दलमध्ये ४६ दलले डोटीबाट मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै प्रदेश सभाका दुबै निर्वाचन क्षेत्रमा पनि कांग्रेसले नै पहिलो भएको छ । निर्वाचन क्षेत्र ‘क’ मा नेपाली कांग्रेसले १४ हजार तीन सय ९७, नेकपा एमालेले ११ हजार ९ सय ४७ र नेकपा माओबादी केन्द्रले दुई हजार सात सय ९९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा(प्रजातान्त्रीक)ले तीन सय सात, राप्रपाले तीन सय १९ र नयाँ शक्ति पार्टी नेपालले दुई सय ६३ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रबाट ७ नम्बर प्रदेशका लागि बन्दसुची बुझाएका २० वटै दलले मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको निर्वाचन क्षेत्र ‘ख’बाट पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । कुल ११ हजार दुई सय ९८ मत प्राप्त गरेर नेपाली कांग्रेस पहिलो बनेको हो । नेकपा एमालेले ९ हजार ४ सय १९ र नेकपा माओवादी केन्द्रले ४ हजार चार सय ८२ मत प्राप्त गरेका छन् । यही निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाले पनि एक हजार ४९ मत प्राप्त गरेको छ।

समानुपातिकमा ठूलो संख्यामा मत बदर

मतगणनाका क्रममा समानुपातिक तर्फ ठूलो मात्रामा बदर मत भेटिएको छ। प्रतिनिधि सभाका लागि डोटीमा कुल खसेको ६९ हजार एक सय ४९ मत मध्ये ७ हजार ४ सय १६ मत बदर भयो। जुन कुल खसेको मतको ११ प्रतिशत हो । प्रतिनिधि सभामा ६१ हजार सात सय ३३ मत मात्रै सदर भएको छ।

यस्तै प्रदेश सभामा अझै बढी म तबदर भएका छन् । प्रदेश सभाको  ‘क’ निर्वाचन क्षेत्रमा कुल खसेको मतमा १७ प्रतिशत मत बदर भएको छ । यो क्षेत्रमा कुल ३६ हजार ९ सय ४९ मत खसेकोमा ३० हजार छ सय ४९ मत सदर र छ हजार तीन सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा पनि १६ प्रतिशत मत बदर भएको छ। कुल खसेको ३२ हजार दुई सय ७० मतमध्ये २६ हजार नौ सय ४५ मत मात्रै सदर हुँदा ५ हजार दुई ५५ म तबदर भएका छन्।

 

प्रकाशित: २८ मंसिर २०७४ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App