६ वैशाख २०८१ बिहीबार
अर्थ

स्याङयोङ रेक्सटन गाडी भित्रियो

काठमाडौं – आइएमएस मोटर्सले कोरियन ब्रान्डको नयाँ ‘स्याङयोङ रेक्सटन’ गाडी नेपाली बजारमा भित्र्याएको छ।
 
नयाँ गाडी बुधबार एक समारोहबीच आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, आइएमएस मोटर्सका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्रालगायतले सार्वजनिक गरेका हुन् । आइएमएस ग्रुपअन्तर्गतको अइएमएस मोटर्स स्याङयोङ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो।

यो गाडी नेपालमा ६ स्पिड म्यानुअल र सात स्पिड अटोमेटिक ट्रान्समिसन गरी दुई विकल्पमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । म्यानुअलको मूल्य एक करोड ११ लाख ९९ हजार रुपैयाँ र अटोमेटिकको एक करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाललाई चार लाख रुपैयाँसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। 

कोरियाली एसयुभी रेक्सटनमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ । ‘नयाँ रेक्सटनको डिजाइनमा इ एक्स डी २२० डिजेल इन्जिन र मर्सिडिज बेन्च सात स्पिड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएको छ, जसले आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील ड्राइभिङ सक्षम पार्न चाँडै प्रतिक्रिया दिन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रेक्सटनको डिजाइनलाई ‘मेजेटिक थ्राइलिङ’ कल्पना गरिएको छ। स्याङयोङ मोटर्सको प्राविधिक विकासअन्तर्गत रहेर उच्चतम सुविधा दिने दृढ संकल्पलाई प्रमाणित गर्दछ।’

आइएमएस ग्रुपका अध्यक्ष मल्होत्राले स्पोर्ट युटिलिटी भेहिकल्सको विकल्प खोज्ने ग्राहकका लागि यो प्रमुख छनोटमा पर्ने बताए । आकर्षक रिसेल भ्यालु र स्पेयर पार्टस्को सहज उपलब्धताका कारण स्याङयोङ ब्रान्डको गाडीप्रति ग्राहकको आकर्षण बढ्दै गएको उनको भनाइ छ । हाल गहनापोखरीमा आफ्नै सर्भिस सेन्टरसमेत खोल्ने तयारी भइरहेको उनले जानकारी दिए।

स्याङयोङ कोरियाको लक्जरी स्पोर्ट युटिलिटी भेइकल ब्रान्ड हो । कोरियाको ठूला अटोमोबाइल्स कम्पनीमध्ये यो चौथो स्थानमा पर्छ।

प्रकाशित: २८ मंसिर २०७४ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App