८ वैशाख २०८१ शनिबार
समाज

लहान प्रहरी कार्यालय नजिक बम विस्फोट

बम विस्फाेटपछिकाे अातंकित जनसमुदाय। तस्बिर मिथिलेश यादव

लहान – लहानको सहिद चोकमा केहीबेर अघि प्रेसरकुकर बम विस्फोट भएको छ। विस्फोटपछि लहान बजारको जनजीवन आतंकित बनेको छ। विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गको सहिद चोक नजिक रोकिएको साइकलको पछाडि (केरियर)मा बोराभित्र राखिएको बम विस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमख(इन्सपेक्टर) जुगेश्वर राउतले जानकारी दिए । साइकल रोकिएको केही बेरमै विस्फोटको आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

विस्फोट भएको स्थान नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुतm सुक्षाकर्मीको टोली तायनाथ थियो । पूर्वछेउमा सुरक्षाकर्मी तायनाथ थिए टाँसिएकै पश्चिम छेउमा विस्फोट भएपछि सुरक्षाकर्मीहरू भागाभाग भएको प्रत्यक्षदर्शी एक पान पसलले भने।

विस्फोट स्थलदेखि २० मिटर पूर्व ईलाका प्रहरी कार्यालय लहान छ । उतिकै दूरी उत्तरमा नगर प्रहरीको कार्यालय छ । सशस्त्र प्रहरीको करिब ६ देखि ७ जनाको टोली विस्फोट स्थलको पूर्वतर्फ तायनाथ रहन्छ। सुरक्षा घेराभित्रै बम विस्फोट भएपनि प्रहरीले सुइँको पाएनन्। विस्फोटक राखेर विस्फोट गराउने कताबाट आएका थिए ? विस्फोटक राखेर कता गए ? प्रहरीले पतो लगाउन सकेको छैन् । विस्फोटस्थलबाट जयकृष्ण गोइतको हस्ताक्षर रहेको अपील बरामद भएको छ । 

प्रकाशित: २८ मंसिर २०७४ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App