coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'आज राति अत्याधिक उल्का वर्षा'

काठमाडौं– आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।

'अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिनेछ,' भट्टराईले भने । यो बर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का बर्षा देखिदै छ।

यो बर्ष क्षुद्रग्रह ३२०० फेथन आफै पृथ्वीको नजिक रहनेछ. उल्का बर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो।

उल्का वर्षा हेर्न चाहने सर्बसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन। आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५  बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ।

'उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवस्यकता पर्दैन। उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आखाले हेर्नु नै हो,' उनले भने।

प्रकाशित: २८ मंसिर २०७४ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App