coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुहबी गोल्डकपमा आर्मी र रुपन्देही भिड्दै

सुनसरी–सुनसरीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बिभागीय टोली त्रिभुवन आर्मी र अग्नी रुपन्देही ११ बिच प्रतिस्पर्धा हुदैछ । दुहबी रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन । मोरङ ११ लाइ हराउदै आर्मी र हिमालयन शेर्पा क्लबलाई हराउदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका थिए । 

आर्मी पछिल्लो समय उच्च फर्ममा रहेको छ । उसले पछिल्लो समय झापामा आयोजना भएका २ ठुला प्रतियोगिताको उपाधी उचालेका थियो । २ वटै खेलको फाइनलमा आर्मीले मनाङलाई हराउदै उपाधि उचालेको थियो । यता रुपन्देही ११ बाट पनि ए डिभिजनका उत्कृष्ट खेलाडीहरु भएकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । आजको खेलको बिजेताले उपाधीका लागि मनाङ मस्र्याङ्दीसँग खेल्नुपर्नेछ । 

यसअघि हिजो भएको खेलमा चर्च ब्वाइज ब्लबलाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाईनलमा प्रवेश गरेको छ । मनाङका लागि एक मात्र निर्णयक गोल बिराज महर्जनले गरेका थिए । 

एलाभेन एरोज क्लब र मनमोहन मेमोरियल फाउन्डेसनको संयुक्त रुपमा आयोजित प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन । 

प्रकाशित: २८ मंसिर २०७४ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App