‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बिहिबार, २८ मङि्सर २०७४, ०९ : २५ नागरिक

0


सामीप्यराज तिमल्सेना
काठमाडौं– बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले फिल्म लेखनमा व्याकरण मानिने ‘थ्री एक्ट स्ट्रक्चर’ कत्तिको जरुरी हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा हरेक कथामा ‘थ्री एक्ट स्ट्रक्चर’ हुने बताए । 
‘तर यो कुनै गणित भने हैन,’ उनले भने, ‘फिल्म लेखनमा तर्कलाई स्थान दिन पर्छ तर यो गणित जस्तो भने हैन । आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।’ ब्लिउडका चर्चित फिल्मका लेखक तथा पटकथा प्रशिक्षक अन्जुम राजाबली दुई दिने कार्यशालाका लागि बुधबार नै नेपाल आइपुगेका हुन् । कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा नेपाल आएका उनले बिहीबार र शुक्रबार दुई पर्यटन बोर्डको हलमा पटकथा लेखन सम्बन्धी प्रशिक्षण दिनेछन् । 
पटकथाको महत्वको बारेमा चर्चा गर्दै राजाबलीले भारत पनि पटकथा लेखनमा गम्भीर नभएको बताए । उनले भारतीय सभ्यताको विशेषता भनेकै कथा वाचन भएको बताउँदै त्यसबाट भारतीय फिल्मले पनि पर्याप्त लाभ लिन नसकेको बताए । 
‘भारत संसारकै सबैभन्दा बढी फिल्म निर्माण गर्ने उद्योग हो । हलिउडमा ७ सयको हाराहारीमा फिल्म निर्माण हुन्छन् तर भारतमा १२ सय ५० फिल्म वर्षेनी निर्माण हुन्छन्,’ उनले प्रश्न गरे, ‘तर, कतिवटा भारतीय फिल्म हेर्न लायक हुन्छन् ? कतिले राम्रो व्यापार गर्छन् ? यी सबै फिल्म असफल भएका होइनन् पटकथा असफल भएका हुन् ।’
राजाबलीले राम्रो फिल्म बन्नमा ५० प्रतिशत हात पटकथाको रहने बताए । उनले भारतको दृष्टान्त दिंदै भारतमा पनि सन् २००४ पछि मात्र पटकथा पढाउन थालिएको बताए । उनले भने, ‘भारतमा पनि राम्रो फिल्मका लागि राम्रो पटकथाको जरुरी छ भन्ने कुरा बुझ्न थालेको १२÷१३ वर्ष भयो । किनकि यो भनेको ‘ब्लुप्रिन्ट’ हो ।  ‘ब्लुप्रिन्ट’ सही भयो भने मात्र फिल्म पनि राम्रो हुन्छ ।’
करिब आधा घन्टा पत्रकारसँग समय बिताएका राजाबलीले जुन विधाको फिल्म लेखे पनि त्यो विषयको गहिराइ थाहा पाउन जरुरी रहेको बताए । ‘लेखकमा समाज र यसको गतिशीलता थाहा हुन जरुरी छ । समाजमा भइरहेको परिवर्तनको पहिचान गर्न नसक्ने लेखक लामो समय टिक्न भने गाह्रो हुन्छ,’ लेखक र समाजको सम्बन्धमा सोधिएको एक प्रश्नमा राजाबलीले भने ।
संसारभर नै ‘मेनस्ट्रिम’ फिल्म र ‘कलात्मक’ फिल्मको सीमानाको बारेमा अनवरत बहस चलिरहेको छ । प्रशिक्षकसँगै फिल्म लेखकसमेत रहेका राजाबलीले लेखेको फिल्ममा व्यवासायिक र कलात्मक दुवै फिल्मको सम्मिश्रण रहेको समीक्षक टिप्पणी छ । ‘के मेनस्ट्रीम भन्ने बित्तिकै मसला फिल्म नै बनाउन जरुरी छ ?’ भन्ने अर्को प्रश्नमा व्यवसायिक फिल्मलाई पनि रोचक शैलीले भन्न सकिने बताए । 
‘भारतमा इमान्दार पुलिस अफिसरका बारेमा थुप्रै फिल्म बनेका छन् । त्यो मध्ये एउटा ‘जन्जिर’ थियो जसमा सारा व्यवसायिक मसला हालिएको थियो । तर, त्यसको एक वर्षपछि यस्तै इमान्दार पुलिस अफिसरको कथामा ‘अर्धसत्य’ बन्यो जसमा गीत र फाइट केही पनि थिएन । ‘जन्जिर’ त चल्यो नै ‘अर्धसत्य’ले २० हप्ता चलेको रेकर्ड राख्यो । यसको मतलब के हो भने तपाईंले कथालाई रोचक शैलीमा भन्न सक्नु पर्यो,’ राजाबलीले भने । 
‘दोह्रकाल’बाट पटकथा लेखन सुरु गरेका राजाबलीले ‘राजनीति’, ‘गुलाम’, ‘कच्चे धागे’, ‘दी लिजेन्ड अफ भगत सिंह’ आदि फिल्म लेखेका छन् । संसारभर पटकथा लेखनको कार्याशाला दिंदै आएका राजाबली सुभास घईले स्थापना गरेको ‘ह्विसलिङवुड’ फिल्म स्कुलका पटकथा लेखन प्रमुख र एफटिआइआईका पटकथा गुरु हुन् ।
बिहीबार बिहान साढे ९ बजेबाट चल्ने उनको कार्याशाला बेलुकी साढे ५ सम्म चल्नेछ ।
क्याप्सन ः बुधबार मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकारसँग अन्तक्र्रिया गर्दै (बीच) मा अन्जुम राजाबली । 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।