७ वैशाख २०८१ शुक्रबार
राजनीति

बढी र कम अन्तरका हारजित

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको हालसम्मको घोषित परिणामअनुसार कतै हजारौं मतान्तरले हारजितको फैसला भएको छ भने कतै पाँच मतले नै छिनोफानो भएको छ ।
दोलखाका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङ ५५ हजार ४ सय ५७ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत ल्याएका थिए । गुरुङ वाम गठबन्धनका उम्मेदवार थिए भने खड्का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए । गुरुङले ३० हजारभन्दा बढी मतान्तरले जिते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाए । ओली २८ हजार ८ सय ४२ मतान्तरले विजयी भए ।
धादिङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका भूमिप्रसाद त्रिपाठी ४९ हजार १ सय २१ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए । त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले जिते ।
राजपाका महन्थ ठाकुर महोत्तरी ३ बाट २६ हजार ८ सय ४५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत ल्याए । ठाकुरले १८ हजार १ सय ६९ मतान्तरले जित हात पारे ।
कञ्चनपुर १ बाट वाम गठबन्धनकी बिना मगर ३८ हजार ४ सय ६७ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी दिवानसिंह बिष्टले १९ हजार २ सय १९ मत ल्याए । मगर१९ हजार २ सय ४८ मतान्तरले विजयी भइन् ।
इलाम १ बाट झलनाथ खनालले ३६ हजार ८ सय ५ मतका साथ चुनाव जिते । उनका प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याए । खनालले १७ हजार १ सय ६७ मतान्तरले विजय हात पारे ।
यसपटकको चुनावमा निकै न्यून मतले हारजित फैसला भएको पनि पाइएको छ । तनहुँ २ (क) मा वाम गठबन्धनकी आशा कोइराला १६ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप पौडेल १६ हजार ६ सय ४१ मत ल्याई जम्मा ५ मतले पराजित भए । यस्तै हुम्लाका छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनका प्रतिद्वन्द्वी मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याए । लामा जम्मा ४७ मतले विजयी भएका हुन् । माओवादी केन्द्रको पोलिब्युरो सदस्य लामा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा निर्वाचनमा भिडेका थिए ।

प्रकाशित: २८ मंसिर २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App