प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ महिला विजयी

बिहिबार, २८ मङि्सर २०७४, ०७ : ५८ भाषा शर्मा  | @sb_language

काठमाडौं- प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्यमध्ये महिलाको हिस्सा जम्मा ३.६४ प्रतिशत छ । १ सय ६५ सिटका लागि दुई चरणमा भएको चुनावबाट जम्मा ६ जना महिला प्रतिनिधिसभा सदस्य चुनिएका छन् ।
राजनीतिक दलले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाउँदा कम महिलाले मात्र चुनाव जितेका हुन् । पछिल्लो १० वर्षमा पहिलो संविधानसभादेखिको प्रत्यक्ष चुनाव जित्ने महिलाको अवस्था हेर्दा यसपटक सबैभन्दा कम छ । पहिलो संविधानसभामा २९ महिलाले र दोस्रो संविधानसभामा १० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । पहिलो र दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ २ सय ४० सिटमा चुनाव भएको छ ।
संविधानअनुसार राष्ट्रियसभा र प्रतिनिधिसभासहितको संघीय संसद्का कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्छ । दलहरुसँग यो प्रतिशत पु¥याउन अब संविधानसभामा समानुपातिक र राष्ट्रियसभाको निर्वाचन विकल्प छन् ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव जित्ने महिलामा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र बिना मगर छन् । त्यसैगरी नेकपा एमालेबाट पवित्रा निरौला, पद्मा अर्याल र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल छन् ।
भुसाल ललितपुर ३ बाट, रोका पूर्वी रुकुमबाट, मगर कञ्चनपुर १ बाट, निरौला झापा २ बाट, अर्याल स्याङ्जा २ बाट र पौडेल प्युठानबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा जम्मा १ हजार ९ सय ४५ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये १ सय ४६ जना महिला थिए ।
ठूला प्रतिस्पर्धी दलले महिला एकदमै कम उठाएका थिए । साना दल, स्वतन्त्र र जित्न नसक्ने स्थानबाट महिला उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसबाट भने एकजना पनि महिलाले चुनाव जित्न सकेनन् ।  
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २९ जना महिलाले जितेका थिए । नेकपा माओवादीबाट २३ जना, कांग्रेसबाट २ जना, एमालेबाट १ जना, मधेसी जनअधिकार फोरमबाट २ जना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट १ जना गरी २९ जना प्रत्यक्षतर्फबाट विजयी भएका थिए ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट ६ जना, एमालेबाट ३ जना र एनेकपा माओवादीबाट १ गरी जम्मा १० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।
 

प्रदेशसभामा १८ महिला निर्वाचित
प्रदेशसभामा प्रत्यक्ष प्रणालीबाट १८ महिला विजयी भएका छन् । प्रदेशसभामा पनि पुरुषको तुलनामा कम महिलाले उम्मेदवार बन्ने मौका पाएका थिए । प्रदेशसभा सदस्यका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये २ सय ४० महिला उम्मेदवार थिए ।
प्रदेशसभामा विजयी हुनेमा नेकपा एमालेबाट काठमाडौं ८ (ख) मा अष्टलक्ष्मी शाक्य, काठमाडौं १० (ख) मा रमा आले, इलाम १ (क) मा खिनु लङ्वा लिम्बु, उदयपुर २ (ख) मा कला घले, महोत्तरी १ (क) मा शारदा थापा, सर्लाही १ (ख) मा बेची लुंगेली, म्याग्दी (ख) मा नरदेवी पुन र बाँके १ (ख) मा आरती पौडेलले जितेका छन् ।
माओवादी केन्द्रको तर्फबाट ललितपुर १ (क) मा लालकुमारी पुन, नुवाकोट १ (क) मा राधिका तामाङ, मकवानपुर २ (क) मा कुमारी मोक्तान, तनहुँ २ (क) मा आशा कोइराला, बाँके १ (क) मा कृष्णा केसी, बझाङ १ (ख) बाट देवकी मल्ल र बारा ३ (क) बाट ज्वालाकुमारी साहले जितेका छन् । त्यसैगरी राजापाबाट महोत्तरी ३ (ख) मा रानीकुमारी तिवारी र महोत्तरी २ (ख) मा सुरिताकुमारी साहले प्रत्यक्षबाट प्रदेशसभामा चुनाव जितेका छन् ।
 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad